२०८१ वैशाख १६ गते | 28th of April 2024

श्रीपशुपतीनाथ फाउन्डेशनको ‘देउसी कार्यक्रम’, अक्टोवर २५ मंगलवार

खुल्लामन्च
 प्रकाशित: २०७९ कार्तिक ४ गते ०:४५

लस एन्जलस – श्रीपशुपतिनाथ फाउन्डेशन युएसए, लस एन्जलसले आफ्नो स्थापनाकालदेखी गर्दै आएको ‘देउसी भैलो’ कार्यक्रमलाई यसपाली पनि निरन्तरता दिने भएको छ । हिन्दूहरुको महान चाड शुभ दिपावलीको पावन अवसरमा आगामी अक्टोवर २५ तारिख मंगलवारको सांझ ७:०० बजेदेखी ९:३० बजेसम्म स्थानिय सेरिटोस नगरमा उक्त कार्यक्रमको आयोजना गरिएको जनाईएको छ ।

पुण्य शर्मा, श्रीमती जानकी भुसाल शर्मा तथा डासी शर्मा, श्रीमती भगवती पोखरेल शर्मा एवम परिवारको निवास सेरिटोस नगरमा आयोजना गरिने ‘देउसी कार्यक्रमको ब्यवस्थापन पनि शर्मा दम्पतीले गर्ने जनाईएको छ । थाहा नभएका बिभिन्न कारणले भक्तजनहरुको कम उपस्थिती रहने सातसमुद्र पारीको गौरव ‘श्रीपशुपतीनाथ तथा बुद्ध मन्दिर – नर्वाक’ ले आयोजना गरेको यसै कार्यक्रम बिगतका बर्षहरुमा नेपालीहरुको जनघनत्व रहेका प्रत्यक नगरहरुमा आयोजना हुने गर्दथे ।

धनधान्य लक्स्मी माताको यो पवित्र कार्यक्रममा उपस्थितिको लाही संस्थाले सम्पूर्ण भक्तजनहरुलाई अनुरोध गरेको छ ।