२०८१ वैशाख १६ गते | 28th of April 2024

कसले मार्ला गोरखामा बाजी

खुल्लामन्च
 प्रकाशित: २०७९ कार्तिक ५ गते १७:२९

गोर्खा – निर्वाचन आयोगले चुनावको १७ दिनअघिदेखि मौन अवधी सुरु नहुँदा सम्म १५ दिन मात्रै चुनावी सभा गर्न पाउने आचारसंहिता बनाएको छ । आचारसंहितामा राजनीतिक दलहरुले सहमती जनाएपछि अहिले त्यो सहमती दलहरुका लागि घाँडो भएको छ । तुल ब्यानर, चुनाव चिन्ह सहितका प्रचार सामग्री राखेर सभा सम्मेलन जस्ता कार्यक्रम गर्न नपाउने भएपछि मंसिर ४ को चुनावी तयारीमा उम्मेदवार अहिले घरभेट र आन्तरिक प्रशिक्षण केन्द्रित छन् । तुल ब्यानर राख्ने, कार्यक्रम गर्ने आचारसंहिता बिपरित कामगर्ने क्रम बढेपछि जिल्लामा अनुगमनमा पनि कडाई गरिएको छ । ‘आचारसंहिता उलंघन गर्नेलाई सचेत गराउने र स्पष्टिकरण सोध्ने काम भईरहेको छ’ आचारसंहिता अनुगमन अधिकृत महेन्द्रप्रसाद भण्डारीले भने ।

See the source image

निर्वाचन आयोगले कडाई गर्न थालेपछि राजनीतिक दल र उम्मेदवारहरु सचेत देखिएका छन् । गोरखामा सत्ता गठबन्धन दलले पार्टीका अगुवा कार्यकर्तालाई एक्ला एक्लै र संयुक्त प्रशिक्षण दिईसके । अहिले उम्मेदवार मतदाता भेट्न पसेका छन् । घरभेट गर्ने, टोलमा केही मानिसका बिचमा जाने भेट्ने काममा गठबन्धन दलका उम्मेदवारको समय बितिरहेको नेपाली कांग्रेसका जिल्ला सचिव किशोरजंग थापाले बताए । ‘संयुक्त कार्यक्रम बनाएर प्रदेश र संघका उम्मेदवारहरु पार्टीका नेताहरु सहित गाउँ जानुभएको छ, अहिले धेरै कार्यक्रम अनौपचारीक भएका छन् ।’See the source image

सत्ता गठबन्धन बाहिरको एमाले गठबन्धन दलहरु पनि चुनावी भेटघाट र बैठकमा ब्यस्त छन् । एमाले गोरखाले अहिले पार्टीको बिभिन्न कमिटिको बैठक ब्यक्ति ब्यक्ति सँग भेटघाटलाई तिब्रता दिईरहेको जिल्ला सचिव काजिराम रोकाले बताए । ‘अहिले योजना बनाउने काम भईरहेको छ’ उनले भने ‘जिल्ला पार्टीले सहजिकरण गरिरहेको छ सबै उम्मेदवार आफ्नो क्षेत्र तोकिएको यरिया भित्र हुनुहुन्छ ।’ नेपाली कांग्रेसबाट गठबन्धन तर्फ गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाई गोरखा नगरपालिका भित्रका बिभिन्न वडामा भेटघाट गरिरहेका छन् । नेकपा एमालेका उम्मेदवार रामशरण बस्नेत आरुघाट, धार्चे गाउँपालिकामा भेटघाटमा ब्यस्त छन् ।See the source image

गोरखा १ ‘क’ का उम्मेदवार कृष्ण धिताल शहीदलखन, गण्डकीमा भेटघाट गरिरहेका छन् भने गोरखा १ ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपाने भिमसेन थापा गाउँपालिकाको आश्राङ बोर्लाङमा भेटघाट गरिरहेका छन् ।

गोरखा २ मा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आन्तरिक प्रशिक्षण र भेटघाटमा मात्रै सहभागी छन् । अन्य उम्मेदवार जस्तो उनी घरभेट र टोलटोलमा मतदाता भेट्ने गरी अहिले पुगेका छैनन् । गोरखा २ ख मा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे मतदाता भेटघाटमा छन् । टोलटोलमा उनी पुगेर प्रतिनिधि सभामा माओवादी केन्द्रका अध्यक्ष दाहाल र प्रदेशमा आफ्नोलागि मत मागिरहेका छन् । दाहालले देशभरका कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले गोरखा निरन्तर समय दिन नसक्ने पहिल्यै बताएका थिए । गोरखा २ क मा प्रचण्डकालागि गठबन्धन तर्फबाट उम्मेदवार फडिन्द्र देवकोटाले भोट मागिरहेका छन् । उनी पालुङटार नगर क्षेत्रमा केन्द्रित भेटघाटमा ब्यस्त छन् ।See the source image

गोरखा २ मा एमाले उम्मेदवार अब्दुस मियाँ सिरानचोकमा भेटघाट गरिरहेका छन् । अस्पताल, विद्यालयहरुको अवस्था बुझ्ने काम गरिरहेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । गोरखा २ क का एमाले उम्मेदवार राजु राना पालुङटार नगरपालिका केन्द्रित प्रचारमा छन् भने ख का उम्मेदवार बसन्त गुरुङ अजिरकोट र बारपाक सुलिकोटतिर छन् । गोरखा २ बाट राष्टिूय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका कबिन्द्र बुर्लाकोटी गोरखा र पालुङटार नगरपालिका क्षेत्रमा ब्यस्त देखिन्छन् । अन्य दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार पनि सामाजिक सञ्जालमा पोस्ट राख्ने मत माग्ने, भेटघाट गर्ने गरिरहेका देखिन्छन् । ग्रामिण भेगमा चुनावी चहलपहल सुरु भईसकेको छ ।May be an image of one or more people and people standing

स्रोत – दरौंदी