राष्ट्रीय कलाकारहरूको सहभागितामा ‘लवक दशैतिहार धमाका’ सम्पन्न
खुल्लामन्च
प्रकाशित: २०७९ कार्तिक ८ गते १७:३१
लवक, टेक्सास – कार्यक्रममा उनी आउने सूचना दर्शकले पाएपनि उनीसँगको भेट स्टेजमा उक्लेपछी भयो । स्टेजमा उक्लन्जेल पनि उनलाई धेरैले चिनेनन् । तर जव “निश्छल छ तिम्रो माया” भन्दै उही आवाज गुन्जिन थाल्यो छनभरमै उनलाई विर्सेकाहरूले चिने । उनका गीत सुनेका तर उनलाई विर्सिसकेका दर्शकहरू उनको समिप गए र झुम्न थाले । एकै नज़रमा, भेडाको उन जस्तो लगायतका उनका गीतहरू सुनेर उनीहरूले गायकप्रतिको सामिप्पेता ताजा वनाए र धित मरून्जेल नाचिरहे । पछिल्लो समय अमेरिकामा रहेका गायक भट्टराई कार्यक्रमहरूमा विरलै देखिन्छन् । उनलाई धेरै कार्यक्रममा देखिने सोख छैन रे । त्यसो त गीत संगीतप्रतिको उनको प्रेम अझै पनि कम छैन र नयॉ गीतहरू गाईरहेको दावी गर्छन् ।
यस्तै धेरैले चिनेका र भेट्न नपाएको अर्का लोकप्रिय गायक यम बराल स्टेजमा चढेर बादलुको घुम्टोले भन्दै गीत शुरू गरेपछी दर्शकहरू उनको नजिक पुगे र रमाएर नाचे । पछिल्लो समयमा नेपाल फर्केका गायक बराल अमेरिकाको भ्रमणमा रहेको वेला लवकमा लवकमा दर्शकहरूले उनका गीतहरू सुनेर निकै मनोरन्जन लिए ।
कार्यक्रममा अर्का गायक सुरेन गौतमले रेसमी पर्दाले लगायतका गीतहरू गाएर स्टेज तताए । उनले हिन्दी भाषाको गीत गाएर कार्यक्रममा उपस्थित भारतीय मूलका दर्शकहरूलाई थप मनोरन्जन गराए । त्यसैगरि माया किन लाग्छ बरै र म त सानी छु कि वाल गायिका लोकश्री आचार्यले अंग्रेजी भाषाको गीतसँगै नेपालप्रतिको पछिल्लो पुस्ताको आवाजलाई वुलन्द गर्दै गायिका आस्था राउतले गाएको चौवन्दीमा पटुकी गीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मन्त्रमुग्ध पारिन ।
अमेरिकाको भ्रमणमा रहेकी चर्चित कार्यक्रम सन्चालिका कलाकार रिमा विश्वकर्माको उपस्थितिले कार्यक्रमको छुट्टै रौनक बढाएको थियो । कार्यक्रम सन्चालनको भूमिकाको साथै नृत्य प्रस्तुत गरेर उनले दर्शकलाई भरपूर मनोरन्जन गराएकी थिईन । तिहारको पूर्वसन्ध्यामा आयोजित लवक दशैतिहार धमाका कार्यक्रममा उनले केही दर्शकहरूलाई जुटाएर देउसी खेलाएर थप मनोरन्जन गराईन । कार्यक्रमको सन्चालनमा पत्रकार ग्लोबलटकका प्रस्तोता पत्रकार भोला आचार्यले सहयोग गरेका थिए ।
रास्ट्रिय कलाकारहरूको साथमा यहॉस्थित एक ला कोईन्ता ईन एण्ड सुईट नामक होटेलमा आयोजना गरिएको यस कार्यक्रममा डिजे संगीतको संयोजन न्यूयार्क निवासी सुर्य खड्काले गरेका थिए । नेपाली चलचित्र व्यवसायमा महत्वपूर्ण योगदान दिईरहेका निर्देशक एवं निर्माता एम के पौडेलको उपस्थितले कार्यक्रमको स्वभा बढाएको थियो । उनले आफ्नो चलचित्र तिम्रो मेरो साथ छिट्टै बजारमा आउन लागेको जानकारी गराएका थिए ।
मनोरन्जनका साथै प्रवासमा रहेपनि गीतसंगीतको माध्यमबाट नेपाली कलासंस्कृतिलाई संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको यस कार्यक्रमका संयोजक चन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । लवक नेपाली समुदायको तर्फबाट गरिएको निम्तालाई स्वीकारेर मनोरन्जन प्रदान गरेकोमा कलाकारहरूलाई विशेष धन्यवाद् दिदै समुदायको सहभागिताप्रति आभार प्रकट गरे । २-३ सय नेपालीहरू वसोवास गर्ने लवक शहरमा आयोजित कार्यक्रमहरूमा राष्ट्रीय कलाकारहरू विरलै देख्न पाईन्छ । मौकाले जुराएको रास्ट्रिय कलाकारहरूको सहभागिता रहेको यसपटकको कार्यक्रममा यहॉका नेपालीहरूको वाक्लै उपस्थिति रहेको थियो ।