स्पेनको म्याड्रिडमामा भएको तीन दिने महाधिवेशनमा सोसलिस्ट इन्टरनेशनलको अध्यक्षको जिम्मेबारी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पाएका छन् भने उपाध्यक्षमा अमेरिका निवासी नेपाली मूलका कानून व्यवसायी खगेन्द्र जीसी समेत चयन भएका छन् । जीसीले नेपाली काँग्रेसको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदबारी दिएका थिए ।![317006818_516552657051183_9127277408789944038_n](https://samajtimes.com/wp-content/uploads/2022/11/317006818_516552657051183_9127277408789944038_n.jpg)
नेपाली काँग्रेसपनि सोसलिस्ट इन्टरनेशनलको सदस्य रहदै आएको छ । भेट र छलफलका क्रममा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोरोना महामारीका बेलामा नेपाललाई गरेको सहयोगको बारेमा समेत उल्लेख गरेको महाधिवेशनमा सहभागी बेदप्रसाद खरेलले जानकारी दिए ।![](https://www.khasokhas.com/wp-content/uploads/2022/11/Khagendra-2.jpg)
भौगोलिक सन्तुलन र लैङ्गिक सन्तुलन सुनिश्चित गर्नको सोसलिस्ट इन्टरनेशनलका अधिकतम छत्तीस उपाध्यक्ष हुन सक्छन् । तर उम्मेदबारी भने ४५ जनाको परेको थियो । मध्यपूर्व र एसिया प्यासेफिकक्षेत्रबाट ८ जनाको उम्मेदबारी परेको थियो । यसभन्दा अगाडि सोसलिस्ट इन्टरनेशनलमा ३१ जना उपाध्यक्षहरु रहेका थिए । प्रत्येक क्षेत्रलाई समानुपातिक रूपमा उपाध्यक्षकाृ संख्यामा बाँडफाँड गर्न सबैभन्दा ठूलो औसत लार्जेस्ट एभरेज विधि प्रयोग गरिएको थियो । यो प्रणाली धेरै देशहरूमा संसदीय सीटहरू बाँडफाँड गर्न प्रयोग गरिन्छ।![](https://www.khasokhas.com/wp-content/uploads/2022/11/Khagendra-GC-5-scaled.jpg)
५० वर्षीय पेड्रो सान्चेजले ग्रीसका पूर्व प्रधानमन्त्री जर्ज पापान्ड्रेउबाट विश्वभरका १३२ राजनीतिक दलहरूको समूह रहेको सोसलिस्ट इन्टरनेशनलको प्रमुखको रूपमा कार्यभार ग्रहण गरेका हुन् । अधिवेशनमा ११७ देशका ३५० जनाको सहभागिता थियो । सन् २०१४ देखि स्पेनको समाजवादी पार्टीको नेतृत्व गर्ने सान्चेज निर्विरोध निर्वाचित भएका हुन् । घानाकी बेनेडिक्टा लासी सोसलिष्ट इन्टरनेशनलको पहिलो महिला महासचिव बनिन् । पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेर्रेसले सन् २००५ मा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको प्रमुख हुनु अघि सोसलिस्ट इन्टरनेशनलको नेतृत्व गरेका थिए । र पछि सन् २०१७ मा उनी संयुक्त राष्ट्र महासचिव बने।
स्रोत : खसोखास