२०८० मंसिर १५ गते | 1st of December 2023

सामुदायिक केन्द्र निर्माणार्थ श्रीपशुपती फाउन्डेशनद्दारा महापुराणको आयोजना गरिंदै

खुल्लामन्च
 प्रकाशित: २०८० असार १६ गते २२:४२

लस एन्जलस – श्रीपशुपती बुद्ध मन्दिर, लस एन्जलसको आयोजनामा लस एन्जलसमा आगामी साता महापुराणको आयोजना हुंदैछ । श्रीपशुपती बुद्ध मन्दिरको संयोजन र लस एन्जलसमा सकृय सम्पूर्ण सामाजिक संस्थाहरुको सहभागीतामा आगामी साता जुलाई ९ देखी जुलाई १५ सम्म शिव महापुराणको आयोजना गरिदैंछ ।

महापुराण वाचनका लागि वाचन प्रविण पण्डित दीनबन्धु पोखरेल आगामी साता लस एन्जलस आउंदैछन । वाचन प्रविण पोखरेलकै मुखाराबिन्दुबाट वाचित महापुराण मार्फत अमेरिकी नेपाली सामुदायिक ईतिहासमा आफ्नै बलिबुतामा फाउन्डेशनले पशुपती तथा बुद्ध मन्दिर निर्माण गरेको छ ।

मन्दिर परिसरमा रहेको सामुदायिक भवनमा कार्यक्रमहरु आयोजना गर्न स्थानाभावले फाउन्डेशनले अर्को छुट्टै सामुदायिक भवन निर्माणार्थ यो महापुराणको आयोजना गरिएको जनाईएको छ । बढ्दो नेपाली समुदायको जन-घनत्वलाई मध्यनजर गर्दै सामुदायका हरेक कृयाकलापहरु आयोजना गर्न सकिने आधुनिक सामुदायिक भवन निर्माणार्थ फाउन्डेशन लागिपरेको छ ।

महापुराण आयोजनाका लागि फाउण्डेशनका निवर्तमान अध्यक्ष मुकुन्द ढुंगानाको संयोजकत्वमा एक मूल समारोह समिति तथा अवैतनिक महावाणिज्यदुत ऋषि ढकाल र समाजसेवी अभिभावक वेदभक्त जोशी रहेको सल्लाहकार समिति सकृय छ ।

‘लस एन्जलस आध्यात्मिक महोत्सव’ को रुपमा महापुराण सम्पन्न गर्न लागिपरेको फाउन्डेशनले  महापुराणको अन्मतिम दिन जुलाई १५ मा ‘सामुहिक व्रतवन्ध’ कार्यक्रम राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *