अमेरिका – गैर आवासीय नेपाली संघ(एनआरएनए),राष्ट्रिय समन्वय परिषद्(एनसिसि), अमेरिकाको अध्यक्ष पदमा डाक्टर अर्जुन बन्जाडे निर्वाचित भएका छन। निर्वाचन समितिले जुलाई २४ तारिख सोमवार सबेरै सार्वजनिक गरेको मत परिणाम अनुसार, आगामी दुई वर्षे कार्यकाल (२०२३-२०२५)का लागि डाक्टर बन्जाडे अध्यक्ष पदमा चयन भएका हुन्। ‘पारदर्शी, समावेशी र विश्वसनीय परिवर्तन’ अपरिहार्य छ’ भन्ने मूल नाराका साथ डाक्टर बन्जाडे आफ्ना समर्थकहरुको समूह नै बनाएर चुनावी मैदानमा होमिएका थिए। उनले आफ्ना प्रतिस्पर्धी डिलु पराजुलीलाई ९ सय ३३ मतले पछि पार्दै नेतृत्वको बागडोर सम्हाल्न सफल भएका हुन्। पराजुली पनि ‘परिणाम उन्मुख योजना, निरन्तरता, प्रतिबद्धता र सहकार्य अहिलेको आवश्यकता’ भन्ने मूल नाराका साथ आफ्ना समर्थहरुको समूह नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए। निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार डाक्टर बन्जाडेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्न सफल हुँदा पराजुली ४ हजार ८ सय ६ मतमा नै सिमित हुन पर्यो।
यसैगरी, निर्वाचन समितिले जुलाई २४ तारिख सोमबार बिहान सबेरै सार्वजनिक गरेको निर्वाचन मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्ष पदमा विकाश उप्रेति विजयी भएका छन्। उनले ४ हजार ९ सय ४५ मत प्राप्त गरेर आफ्ना प्रतिस्पर्धी अन्जन कुमार चौलागाईलाई (४,७३५)पराजित गर्न सफल भएका छन्। संस्थाको विधान अनुसार ४ जना राष्ट्रिय उपाध्यक्ष पदका लागि ९ जना चुनावी मैदानमा उत्रिएकोमा, भानु खरेल(४,३३५), प्रेम तामाङ(३,९०५), ज्ञानेन्द्र गुरुङ (३,८२६) र नेत्र पाण्डे(३,४१०) निर्वाचित भएका छन्।
राष्ट्रिय महिला उपाध्यक्ष पदमा भने सुनिता सापकोटा कंडेलले बाजी मारेकी छिन्। ४ हजार ९ सय ५९ मत प्राप्त गरेर उनले ४ हजार ९ सय २९ मत प्राप्त गर्ने सुन्दरी गुरुङलाई पछि पार्न सफल भएकी हुन्। युवा उपाध्यक्ष पदमा भने अनुप खनाल विजयी भएका छन्। उनले ३ हजार ७ सय २१ मत प्राप्त गरेर आफ्ना दुइ प्रतिस्पर्धी रामचन्द्र (३,२६४) र त्रिभुवन पाण्डे(२,७०६)लाई पराजित गर्दै जित हात पारेका हुन्।
निर्वाचन मत परिणाम अनुसार महासचिव पदमा रामहरि अधिकारीले बाजी मारेका छन्। उनले ५ हजार १ सय ९७ मत प्राप्त गर्दा, उनका प्रतिस्पर्धी गोपेन्द्र भट्टराई ४ हजार ४ सय ३९ मतमा सिमित हुन बाध्य भए। राष्ट्रिय सचिव पदका लागि तीन जना प्रतिस्पर्धामा उत्रिएका थिए।अनतत्वगत्वा: दिपक सापकोटाले ४ हजार ५१ मतसहित आफ्ना प्रतिस्पर्धीहरु द्वय एक देव एस शर्मा (३,४७७) र विश्व सुवेदी(१,८९३)लाई पराजित गरेर विजयी हुन सफल भए। राष्ट्रिय महिला सचिव पदमा भने शान्ति पौड्यालले आफ्नो प्रतिस्पर्धी उर्मिला श्रेष्ठलाई पराजित गर्दै जित हात पारिन्। मतदाताहरुले पौड्याललाई ५ हजार ३ सय ९८ मत र श्रेष्ठलाई ४ हजार १ सय ६७ मत दिएका थिए।
यसैगरी, राष्ट्रिय कोषाध्यक्ष पदमा सरोज सिग्देल बहुमत मतदाताहरुको रोजाइमा परेका छन्। उनी ४ हजार ६ सय ९४ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी अमित शर्माले भने ४ हजार ६ सय ५४ मत मात्र प्राप्त गरेका छन्। सह कोषाध्यक्ष पदमा भने दिवाकर पाण्डे(४,६९१ )ले रवि सिंह बस्नेत(४,५७५ )लाई पराजित गर्दै जित हासिल गर्न सफल भएका छन्। राष्ट्रिय युवा संयोजकमा तेज पौडेल (४,९६६) र राष्ट्रिय महिला संयोजक पदम सुनिता खत्री(४,८९१) चयन भएका छन्। पौडेलले आफ्नो प्रतिस्पर्धी विकी थापा (४,५३९) र खत्रीले मुना तिवारी(४,५६०)लाई पराजित गर्न सफल भएका हुन्।
यसैगरी, खुला तर्फ ८ राष्ट्रिय बोर्ड सदस्य(बोर्ड अफ डाइरेक्टर) पदका लागि भएको प्रतिस्पर्धामा २० जना उमेदवारहरु चुनावी मैदानमा आमनेसामने भएका थिए। जस मध्य डाक्टर गंगाधर आचार्य(४,६८०), बल राइ(३,७२२),बिष्णु बराल(३,५०२), निमा शेर्पा(३,२८५), बासुदेव भाट(३,२५१), लक्ष्मण दर्लामी(२,९०१), मोहन कुसारी(२,८८७) र नवराज न्यौपाने(२,६४७) चयन हुन सफल भएका छन्। ४ महिला बोर्ड अफ डाइरेक्टर पदका लागि भने ९ जना प्रतिस्पर्धामा उत्रिएका थिए। जस मध्य दुर्गा तिवारी(४,३६७) रितादेवी प्रधान(३,५३५), सृजना शर्मा(३,३७८) र सरस्वती शर्मा(३,२७०) निर्वाचित भएका छन्।
यसैगरी, ४ क्षेत्रीय समितिको अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा, विष्णु खत्री(१,१३०-पश्चिम),आङ टि शेर्पा( १,७६२-उत्तर-पूर्व) , मोहन न्यौपाने(२,२२५-दक्षिण) र महेन्द्र बस्नेत(४८३- मध्यपश्चिम) चयन भएका छन्। विधान अनुसार ८ जना आइसिसि सदस्यहरु चयन गर्नु पर्नेमा ११ जनाको उमेदवारी परेको थियो। जस मध्य प्रबिन केसी(५,१००), क्षेत्र के गुरुङ(४,८०३), पदम बहादुर ठकुराठी(४,४६८), टंकराज रेग्मी(४,२७८), गोबिन्द कुमार श्रेष्ठ (४,१६८) , उत्तम कुमार कार्की(४,०८२), डोलनाथ घिमिरे(४,०१५) र दुर्गेश जंग कार्की(४,०१२) चयन हुन सफल भएका छन्।
निर्वाचनको परिणाम सार्वजनिक भए लगतै अध्यक्ष पदमा विजयी भएका डाक्टर अर्जुन बन्जाडेले आफ्नो अमुल्य मतदान गरेर विजयी गराउने मतदाताहरुलाई बिशेष धन्यवाद दिएका छन्। उनले धन्यवाद दिने क्रममा खुशी ब्यक्त गर्दै भने, ‘विजयी भएकोमा खुशी लागेको छ। आफ्नो अमूल्य मत दिएर विजयी गराउनु हुने मतदाताहरुलाई विषेश धन्यवाद दिन चाहन्छु।’ आफ्नो विजयलाई पद प्राप्ति भन्दा पनि जिममेवारी वहनका रुपमा लिएको प्रतिक्रिया दिदै उनले भने, ‘अध्यक्ष पदमा चयन हुनुलाई मैले पद प्राप्तिको भन्दा पनि जिम्मेवारी बहनका रुपमा लिएको छु। त्यसैले आफ्ना प्रतिवद्धताहरुलाई पुरा गर्न सक्रिय हुनेछु।’ प्रतिक्रिया दिने क्रममा उनले आफ्नो विजय सम्पूर्णको भएको र भविश्यमा त्यसलाई सबैले महसुस गर्ने गरी भूमिका निर्वाह गर्ने विश्वास दिलाए। नव निर्वाचित अध्यक्ष डाक्टर बन्जाडेले निर्वाचन सफलताका साथ सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन समिति, सहयोगी, समर्थक तथा सुवेच्छुकहरु, सरोकारवालाहरु, पत्रकारहरुलायतलाई धन्यवाद व्यक्त गरेका छन्। उनले सम्पन्न निर्वाचनबाट निर्वाचित भएका सबैलाई बधाई दिदै कार्यकालको सफलताको कामना समेत गरेका छन्।
यसै क्रममा, सम्पन्न निर्वाचनले आगामी कार्यकालका लागि अमेरिकाको विभिन्न राज्यहरुको कार्यसमिति पनि चयन गरेको छ। निर्वाचन समितिले जनाए अनुसार, अष्ट्रेलियाको भेरो कम्पनीको फेस भेरिफिकेशन गर्ने निर्वाचन प्रविधिको प्रयोग गरेर सम्पन्न गरिएको निर्वाचनमा, १३ हजार ६ सय ९१ मतदाता मध्ये ११ हजार २ सय ६७ मतदाताले मतदान गरेका थिए। जो कुल मतको ८२ दशमलव ३ प्रतिशत हो।
स्रोत : हिमालयखबर
I’ve been struggling with an outdated arrest record from over a decade ago that keeps appearing at the top of my search results. It has made job hunting incredibly difficult, even though the charges were dropped long ago
I definitely agree that staying on top of your online presence is non-negotiable these days. It’s wild how much one negative review on Google can shift a potential customer’s opinion. My quick tip is to respond to every single review, even the good ones
I’ve discovered that the most fulfilling car retail outlets in Springfield, MO honor equally excellent work and respectful customer support. Transmission work is no exception