लस एन्जलस – एनआरएनए अमेरिकाको प्रवक्तामा प्रथमपटक एक विद्धान डा. राजनराज पन्त नियुक्त भएका छन । आईतवार एनआरएनए अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेले आफ्न अभिन्न मित्र डा. पन्तलाई आफ्नो कार्यसमितिको वेलिविस्तार गर्ने प्रवक्ता पदको पदभार सुम्पेका छन् । यसअघिको एनआरएनए अमेरिकाको निर्वाचनमा तेस्रो भएका नव-निर्वाचित अध्यक्ष डा. बन्जाडेले ‘परिवर्तन अपरिहार्य छ’ भन्दै दिएको चुनावी नारास्वरुप देख्नलाई आफ्ना निकटस्थ तर सुयोग्य पात्र डा. पन्तलाई शक्तिशाली प्रवक्ता पदको जिम्मेवारी थमाएका छन् । पेशाले प्रोफेशर डा. पन्त नेपाली कांग्रेसको राजनीति निकट मानिन्छन भने कोठे राजनीति गर्ने आरोप खेपेका समकालिन डा. यादव पन्डितलाई टक्कर दिने एकमात्र योद्धा पात्रको रुपमा चिनिन्छन । एनआरएनए अमेरिकाको संरक्षक पदका हकदार डा. पन्तको नियुक्तीले अध्यक्ष डा. बन्जाडेले आफ्न नारामा परिवर्तनका छनक भने दिएका छन् ।
प्रक्तामा डा. पन्तको नियुक्ती, अध्यक्ष डा. बन्जाडेलाई फलामको च्युरा
राजनिती मोलमोलाईली हुने गर्दछ । यस्तै भएको थियो, यसपाली डा. बन्जाडेलाई । एउटा अयोग्य पात्रको नाम अघि सारेर एनआरएनए अमेरिकाको निर्वाचनमा डा. बन्जाडेलाई सहयोग गरिएको थियो । नेविसंघको राजनीति देखी खारिएका डा. बन्जाडेले तेस्रोबाट प्रथम हुन हिसाब पढाउने मास्टरहरुलाई ‘हस’ भनेर चुनाव जिते । भलै उनलाई नेपाली, समाजशास्त्र र राजनिती पढाउने शिक्षकहरुको पनि योगदान छ, चुनाव जिताउन ।
राजनिती, निर्वाचन प्रकृया र पारीणामलाई राम्रोसंग बुझेका जनसंपर्कमा कम पपुलर डा. बन्जाडेले चुनाव जित्न सबैभन्दा पहिली मान्नुपर्ने शर्त थियो, हिसाब पढाउने मास्टरहरुको सवैभन्दा कमजोर बिद्धार्थीलाई ‘प्रवक्ता’ मा मनोनयन गर्नुपर्ने । १० कक्षाको टेस्ट परिक्षामा हिसाब बिषय ८ नम्बर ल्याएर अनुत्तिर्ण भएको तर एनआरएनए अमेरिकाको महासचिवको ततकालिन सम्भावित अनुत्तिर्ण उम्मेद्वारलाई प्रवक्ता पदमा ‘मनोनयन गर्नुपर्ने’ शर्तमा शायद डा. बन्जाडेले दस्तखत गरेका थिए । तर आज तिनै बन्जाडेले जिल्ला शिक्षा प्रमुखलाई प्रवक्ता पद दिएका छन ।
बिद्धालय त जिसिअ हेडमास्टर नै भएर आउंदा खुशी हुन्छ तर राजनिती मात्र गर्ने संचालक समितीलाई त्यो मन पर्दैन । यस्तै हविगतमा छन् डा. बन्जाडे । उनलाई बिद्धालय चलाउनु छ, पढाई गर्नु छ । सबै बिद्धार्थीहरुलाई कमसेकम सि प्लस ल्याएर पनि एसएसआई पासा गराउनु छ ।
तर, संचालक समितीलाई चित्त बुझाउनु उनका लागि फलामको च्यूरा भने अवश्य हुनेछ ।
यस अगाडीका एनआरएनए प्रवक्ताहरु :
भर्खरै बामे सर्दै आमाको लाम्टो होईन दुधको बोतल खोजेको एनआरएनए अमेरिकाको प्रवक्ताहरु को-को भए धेरै
याद भएन । पहिला मिडिया संयोजकको ब्यवस्था थियो, क्यार । ॐ भट्टराईजी भएको याद छ । आँफैले फेसबूकमा तथानाम लेख्ने बाहेक सुनील साहज्यूबाट त्यत्तिधेरै अधिकार उहांले पाउनुभएन जस्तो लाग्छ ।
तर, पत्रकारिताबाट उदाएका मिठोबोलीका धनी निवर्तमान प्रवक्ताज्यूले ‘नेजा भनिने संस्थामा राजनिती’ चाँही राम्रैसंग गर्नुभयो, प्रवक्ताको बलमा । नेजाको साधारण सभा आफ्नै कर्मथलोमा पार्नुभयो, नेजा भनिने संस्थाको तत्कालिन क्षेत्रीय संयोजकलाई हात लिएर बुद्धी सुवेदी बिरोधीहरुलाई ठेगान लगाउनु भयो । उहांकै कुनैबेलाका दाहिने हात भन्डारीजी अर्को प्रवक्ता हुनुहुन्छ क्यार ।
निवर्तमान प्रवक्ताज्यू अमेरिकाको राज्य राज्यहरु पुग्नुभयो । एकताको हात ठडाउनुभयो तर नेजा भनिने संस्थाभित्र ‘उहांमाथी साधारण सभामा लागेको तथाकथित आरोप’ लाई समर्थन गर्नेहरु बाहेक अरुहरुसंग कहिल्यै हात मिलाउने चेस्टा गर्नुभएन, ‘साथीसंग मनका कुरा’ ।
डा. बन्जाडेको समितिमा प्रस्तावित टीके पात्र :
२०२१ सालको यसै महिनातिर नेजा भनिने संस्थाको चुनाव हुंदै थियो । अमेरिकामा जीवन सुखद देखिए पनि कृष्ण लामिछानेको जस्तो पनि हुन्छ भन्ने लामिछानेको मृत्यु पछी मात्र थाहा हुन्छ । प्रसंग प्रातस्मरणीय आदरणीय लामिछने होईन । तर, नचाहेरै एनआरएनए अमेरिकाको निर्वाचन बल्जफ्ती ‘कसैका खुशीका लागी अध्यक्ष पदका उम्मेद्वार’ बनाईएका पात्र चाहीं, स्वर्गीय लामिछाने हुन, यसका बारेमा लेख्दै गरुम्ला । प्रसंग चुनावअको, नेजा भनिने संस्थाको । गौरीराज जोशी, हरिबोल भन्डारी, सुनील साह, राजन त्रिपाठी, कृष्णजिवी पन्थ, बिकास उप्रेती एवम पशुपती पाण्डेहरुको सल्लाह र बलमा नेजा भनिने संस्थाका तत्कालिन क्षेत्रीय संयोजक गोकुल ढकाललाई त्य्सै संस्थाको अध्यक्षमा लड्ने दवाव पर्यो रे । हिसाव किताव गर्दा ‘पहिले लड्ने तर अब पुग्यो’ भनेर पनि दवावमा अध्यक्ष उठेका ढकाललाई एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्षले ‘शत प्रतिशत’ सहयोग गर्ने वाचारुपी कागज भयो रे ।
त्यो संस्थाको अहिने नयां कार्यसमिति आएको छ, क्यार, यी कुराहरु प्रासांगिक नहोलान । तर, जुन पात्रको नामले मही मोथ्न गएका थि, ढकाल । त्यही पात्रले ठेकी नै साहुजीलाई दिएर अहिले नौनी चाटेको कहानी नेजा भनिने संस्थाभित्र बहुत चर्चित छ । बोलीमा दम नभएका र समुह र आफ्ना परिवारलाई ढोका दिने धोकेवाजहरुको सारा सम्भावनाका ढोकाहरु बन्द गरे मात्र ‘ परिवर्तन अपरिहार्य’ हुनेछ, अध्यक्ष डा. बन्जाडेज्यू ।
चुनाव अघि ‘परिवारलाई धोका’ दिने पात्रलाई, ठेकी शत्रुलाई बुझाउनेलाई र आफ्नो संदियारेलाई कान्लामा लात्ताले हान्नेलाई टीके पद दिनेहरुप्रती पनि धिक्कार छ । नैतिकता टीका र दक्षिणाले हुंदैन महोदय, आशिर्वादले हुन्छ । हिजो ढकाललाई हान्यो, भोली तिमीहरुलाई धकेल्दिन्छ !
डा. राजनराज पन्तलाई शुभकामना छ । टीके नबन्नुहोला, तोकेको नबन्नुहोला । मनले ताकेको बन्नुस् ।