२०८२ वैशाख १७ गते | 30th of April 2025

‘समभोक’ उपन्यास बिक्रीको २ लाख रुपैयाँ असहाय बालबालिकालाई सहयोग

खुल्लामन्च
 प्रकाशित: २०८० असोज १७ गते २०:०७

लस एन्जलस। समाजवादी राजनितिबाट आफ्नो लेखनी शुरु गरेका गान्धीवादी लेखक शिव प्रकाशद्वारा लिखित ‘समभोक’ उपन्यास बिक्रीबाट प्राप्त दुई लाख रुपैयाँ बालबालिकाको क्षेत्रमा काम गर्ने दुई संस्थालाई प्रदान गरिने भएको छ ।

लामो समयदेखी अमेरिकाको बोस्टन शहरलाई कर्मक्षेत्र बनाएर पत्रकारिता र साहित्य मार्फत नेपाली समाजको उत्थानमा सकृय शिवप्रकाश खरो व्यवहार र सिधा लेखनकी कारण चर्चित छन् । अमेरिकी नेपाली समाजमा “जीवन बिमा” को नाममा ठगिएको प्रकरणको उनी र अर्का पत्रकारद्वारा प्रकाशित खोजमुलक पर्दाफास बहुचर्चित थियो ।

आजकाल प्राय: जन्मभुमी नेपाल, डा. गोविन्द केसीको आवाज र आन्दोलनमा साथ एवम् साहित्यमा बढी रमाएका शिवप्रकाशको समभोक उनको आंकलन भन्दा बढी बिक्री भएको छ ।

समभोक उपन्यासको त्यही बिक्री रकम चितवनस्थित असहाय तथा बालबालिकाका लागि काम गरिरहेको संस्था सानो घर र काठमाडौंस्थित रक्षा नेपाललाई सहयोग स्वरुप प्रदान गरिने लेखक शिवप्रकाशले वताएका छन् ।

यसअघि लेखक प्रकाशले आफ्नो ‘घागी’ कथा संग्रह बिक्रीबाट आएको दुई लाख ७५ हजार रुपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका थिए ।

लेखक शिव प्रकाशका हालसम्म ६ वटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् । ‘समभोक’ उनको पहिलो उपन्यास हो । उनी हाल अमेरिकाको बोस्टनमा बसोबास गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *