२०८१ चैत १२ गते | 26th of March 2025

आज मन्त्रीमण्डल विस्तार हुँदै, को-को बन्दैछन मन्त्री

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ११ गते २:३६

काठमाडौ ११, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीमण्डल विस्तार गर्ने भएका छन । पार्टीभित्र आन्तरिक विवाद भएपछि देउवाले मंगलबार मन्त्रीमण्डल विस्तार गर्न सकेका थिएनन ।

राष्ट्रपति कार्यालयमा मंगलबार ४ देखि ५ बजेसम्म मन्त्रीको शपथ गराउने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समय लिएको थियो। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह मात्र होइन, आफ्नै समूहबाट मन्त्री बन्नेहरूको नाम टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवा असफल भएपछि मन्त्रिपरिषद् विस्तार बुधबारलाई सरेको हो ।

कांग्रेसले यसपटक सरकारमा नयाँ अनुहार सहभागी हुने देखिएको छ। सुरुमा पाँच मन्त्रालय दाबी गरे पनि देउवासँग पौडेलको भेटघाटपछि चारवटामा सहमति जुटेको थिृयो । पौडेल समूहले कुन मन्त्रालय लिने भन्ने टुंगो नलागेपछि विवाद भएको थियो।

आज मन्त्री बन्नेको सम्भावित सूची पौडेल समूह रामकृष्ण यादव राजन केसी सञ्जय गौतम यज्ञबहादुर थापा देउवा समूह मीन विश्वकर्मा अर्जुन जोशी वीरबहादुर बलायर अम्बिका बस्नेत खड्का समूह मोहनबहादुर बस्नेत सिटौला समूह भीमसेनदास प्रधान माओवादी केन्द्र गिरिराजमणि पोखरेल टेकबहादुर बस्नेत शिवकुमार मण्डल महेन्द्रबहादुर शाही श्यामकुमार श्रेष्ठ महिलामा सीता नेपाली वा आशा खनालमध्ये एक । लोकतान्त्रिक फोरम जितेन्द्र देव गोपाल दहित रहेकका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *