२०८१ साउन ११ गते | 26th of July 2024

एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर सचिव उम्मेदवार :रोशन अधिकारी

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ११ गते ३:२२

गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) क्यालिफोर्निया स्टेट च्याप्टरको आगामी २०१७-२०१९ कार्यकालका लागि हुन गइरहेको सचिब पदमा सान फ्रान्सिस्को निबासी रोशन अधिकारीले उम्मेद्वार हुनुहुन्छ।
नेपाल हुँदा होस् या अमेरिका आएपछि समाज सेबा गर्दा खुसी हुने अधिकारीले हामी सबैको एकतामा नै सबैको बलहुन्छ, सबै मिले जे पनि गर्न सकिन्छ, राम्रोलाई भन्दा हाम्रोलाई अगाडी बढाउने र जे काम पनि अन्योलमा पार्ने सिस्टमको विरुद्ध आफ्नो निरन्तर प्रयास भएको र यो निरन्तर रुपमा सँस्थामा गएर नै कम गराउनका लागि नै आफु उमेदवार भएको कुरा अधिकारीले जानकारी गराउनु भयो।
आफ्नो जन्मभूमि छोडेर कर्मभुमि आएपछि सबैको प्रमुख सम्स्या भनेको नै सम्पर्क, सामान्य जीवन शैली, कामको खोजी र अमेरिकी समाजलाई सिक्ने, आफु त्यो समाजमा समावेस हुने कुराहरु हुन्। यहाँ बस्दै आएका ब्यक्तिहरु मात्र होइन नयाँ जेनेरेशनहरुलाई करियर गाइड, समाजको समग्र बिषय बस्तु उठाउनु, इमिग्रेशनका सल्लाह, सुचना केन्द्र जस्ता कुरा नै तत्कालका गर्नुपर्ने काम हुन। संस्थाहरूले यस्ता कुराहरु उठाएका र सेवा गरेका छैनन्। आफु तिनै सामान्य भन्दा सामान्य लाग्ने तर जीवनको खास अर्थ राख्ने काम गर्नको लागि प्रयास गर्न उम्मेदवार भएको कुरा अधिकारी बताउनुहुन्छ।
सर्वप्रथम त क्यालिफोर्नियाबासी हामी नेपाली कति छौं डाटा कलेक्सन गर्नु जरुरि छ। त्यसपछि उनीहरुको लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ तेस्को लागि केन्द्र लेबल देखि नै पहल गरी नेपालीहरुको सबै धर्म, सस्कृति, भाषा बचाउनको लागि बर्षमा एक पल्ट भब्य रुपमा कार्यक्रम आयोजना गर्ने प्रयास मेरो सदिच्छा हो, अधिकारीले भन्नुभयो।
क्यालिफोर्निया बसाइको क्रममा प्रतक्ष्य अनि अप्रतक्ष्य रुपमा नेपाली समाजको लागि काम गरेका अधिकारीले आफ्नो क्षमताले सके सम्म अझै शशक्त रुपमा निस्वार्थ भावनाका साथ काम गर्ने अठोट लिई मतदाताहरुको माझमा आएको कुरा अबगत गराउनुभयो।
कुराकानीको क्रममा आफु बोलेर मात्र होइन काममा विश्वास गर्ने व्यक्ति भएकोले आफुले अहिले के के गर्छु भनेर एजेणडा लिस्ट गर्नु भन्दा सामान्य काम गरेर देखाउने प्रयास गर्नु नै सहि हुन्छ। मलाई आशा र भरोसा छ, मलाई क्यालिफोर्निया निवासी सबैले साथ दिनुहुने छ र NRNA मतदाताहरुले आफ्नो अमुल्य मत दिएर अत्याधिक मतले जिताउनु हुनेछ, अधिकारीले अनुरोध गर्नभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *