२०८१ साउन ११ गते | 26th of July 2024

नेपाली दुतावासद्दारा सियाटलमा कन्सुलर सेवा शिविर आयोजना गरिंदै

खुल्लामन्च
 प्रकाशित: २०८१ वैशाख २९ गते १७:१३

लस एन्जलस – नेपाली राजदुतावास, अमेरिकाले वाशिङ्टन राज्यमा घुम्ती सेवा शिविर राख्ने जनाएको छ । नेपाली वाणिज्यदुतावास सियातलको संयोजनमा शियाटलमा यसै मे महिनाको ३० तारिखदेखी जुन १ तारिखसम्म सेवा शिविर राखिन लागेको वासिङ्टन राज्यका लागि महावाणिज्यदुत एसी शेर्पाले जनाउनुभएको छ ।

नेपाली दुतावास डिसी जान समय अभाव हुने नेपालीहरुलाई पासपोर्ट नविकरणको समस्या समाधानका लागि वेष्ट कोस्टको शियाटल राज्यमा कन्सुलर सेवा शिविर राखिएको जनाईएको छ । शिविरमा सेवा लिनका कम्प्युटर तथा मोबाइलबाट अनिवार्य अपोइन्टमेन्ट लिनुपर्नेछ ।

महावाणिज्यदुत शेर्पाका अनुसार उक्त शिविरमा केबल पासपोर्टको मात्र काम हुनेछ ।

नेपाली दुतावासबाट जारी सुचना :