२०८१ साउन १२ गते | 27th of July 2024

टेक्सासमा गायक सपुत, आचार्य र काफ्लेको त्रिवेणी प्रस्तुती हुंदै

खुल्लामन्च
 प्रकाशित: २०८१ जेठ १६ गते १८:२०

टेक्सास – अमेरिकाको टेक्सासमा नेपालमा ख्यातिप्राप्त गायक गायिकाले संयुक्त प्रस्तुती दिने भएका छन् । आगामी जुन १४ तारिकका दिन नेपाली बाहुल्य राज्य टेक्ससको युलेश सहरमा आयोजना हुँदै गरेको हिमालयन कल्चरल नाईट नामक साँस्कृतिक कार्यक्रममा गायक प्रकास सपुत, समिर आचार्य, कृष्ण काफ्ले, मुना थापा मगर र छविराज सुनारले एउटै स्टेजमा एकसाथ प्रस्तुती दिने भएका हुन् ।

अमेरिकामा स्थापित सामाजिक संस्था डेभलपमेन्ट फर पिस इन्टरनेसन तथा अमेरिकामा स्थापित नेपाली व्यवसायी संस्था सि.आर.सोलुसन्स आयोजक रहेको यस कार्यक्रम सामाजिक कल्याण हेतु आयोजना हुन लागेको हो । जहाँ अतिथी कलाकारहरु संगै स्थानिय कलाकारहरुको समेत साँगीतिक तथा साँस्कृतिक प्रस्तुती रहने छ ।

जुन १४ तारिकका दिन साँझ ६ बजेबाट सुरु हुने यस कार्यक्रमा सहभागी हुन ईच्छुकहरुका लागि अनलाईन टिकेट समेत खुल्ला गरेको आयोजक कमिटीले एकल सहभागी दर्शकका लागि ३० डलर र युगल सहभागिताका लागि ५० डलर प्रवेश शुल्क निर्धारण गरेको छ ।

कार्यक्रममा संकलित रकम सामाजिक कार्य संवद्ध क्षेत्रमा खर्च गर्ने लक्ष्य राखेका आयोजक सस्था डेभलपमेन्ट फर पिस ईन्टरनेशनल सामाजिक सेवा संवद्ध संस्था हुन् । जसमध्य डेभलपमेन्ट फर पिस ईन्टरनेशनल सामाजिक संस्था हो । टेक्ससको यूलेसमा मुख्य कार्यलय रहेको यस संस्थाले विगत १५ बर्ष देखि नेपालका अनाथ, असहाय बालबालिका तथा ग्रामिण भेगका विपन्न महिलाहरुको हितमा काम गर्दै आएको छ । संस्थाले विपन्न समुदायका बालबालिकाको शैक्षिक स्तरोन्नति तथा महिलाहरुको आर्थिक परिवर्तनका सवालमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । जसले अमेरिकामा स्थापित अन्य संघ संस्थाहरुसंगको सहकार्यका रक्तदान, घरबारविहिनहरुका लागि सहयोग लगायतका सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।

Open photo

टिकट लिनको लागि यहाँ क्लिक गर्नुहोला :

आयोजक मध्यको डेभलपमेन्ट फर पिस इन्टरनेसनलका अध्यक्ष दीपक खरेलका अनुसार हिमालयन कल्चरल नाईट नेपाली समुदाय बाहुल्य क्षेत्र डालस–फोर्टवर्थका नेपालीहरु लक्षित यस कार्यक्रम नेपाली कला, संस्कृतिका माध्यमबाट सामाजिक उत्तरदाहित्व निर्वाहको उदेश्य सहित आयोजना हुन लागेको साँगीतिक कार्यक्रम हो । तसर्थ कार्यक्रममा सहभागि भएर मनोरञ्जन सहित समाज सेवाको पुनित यात्रामा सहकार्यमूलक सहभागिताका लागि अध्यक्ष खरेलले नेपालीहरुलाई अनुरोध पनि गरेको छन् ।

त्यस्तै अमेरिकामा सफल व्यवसायिक छवि निर्माण गरेको कम्पनी सि.आर. सोलुसन्सका अध्यक्ष दिलीप ज्ञवालीले अनुसार आपसी भाईचारा र संस्कृति हस्तान्तरणका दृष्टिले समेत महत्वपूर्ण ठानिएको यस कार्यक्रम मानव कल्याण हेतु आयोजना हुँदै गरेकाले पनि आफु र आफ्नो कम्पनीले सहकार्यका निम्ति तयार भएको बताएका छन् । साथै उनले सोहि दिन कार्यक्रम स्थलमा नै डालस, अस्टिन, ह्युस्टन लगायतका शहरका फ्युल तथा कन्भेनिएन्स स्टोरहरुको ‘ट्रेड शो’ समेत हुने जानकारी दिंदै नेपालीहरुको स्वामित्व तथा संचालनमा रहेका फ्युल तथा कन्भेनिएन्स स्टोरहरुलाई उक्त ’ट्रेड शो’ मा सहभागिताका लागि समेत अनुरोध गरेका छन् ।