ईम राना मगर/ साउदी – गत २६ जुलाई २०२४ मा साउदी अरबको राजधानी रियाद स्थित अल मास रेस्टुरेन्टको सभा हलमा साहित्यिक चौतारी नेपाल शाखा साउदीले २११औँ भानु जयन्ती तथा प्रदिप रोदन गजलसाँझ भब्य रुपमा सम्पन्न भएको छ । महासचिव देवेन्द्र बिश्वकर्मा तथा केन्द्रिय सल्लाहकार घनश्याम तिवारी घायलको उद्घोषणमा संस्थाका अध्यक्ष श्री भीम बिस्वकर्माको सभापतित्व तथा नेपाली दूतावासबाट प्रमुख अतिथीको रुपमा राजदुत डा. डमरु बल्लब पौडेल ज्यूको आथिथ्यता ग्रहण संगै साउदी अरबमा कृयाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि , समाजसेवी, बुद्दिजीवी पत्रकार गरि झण्डै दुई सयको हाराहारीमा सहभागिता थियो। प्रमुख अतिथी, बिशिस्ट अतिथिको हातबाट पानसमा दीप प्रजवलन गरि राष्ट्रिय गान पश्चात् साहित्यिक गीत संगै साहित्यिक चौतारी शाखा साउदी अरबका सचीव ईम राना मगरबाट स्वागत भाषण गरिएको थियो।
साउदी अरबकै ईतिहासमा नेपालबाट साहित्यिक ब्यक्तित्व आमन्त्रण गरि आयोजना गरिएको सम्भबत पहिलोपटक हो।मुख्य आकर्षक अतिथि गजलकार प्रदिप रोदनबाट दुई चरणमा गजल वाचन गरिएको थियो।बिच बिचमा साहित्यिक चौतारीका पदाधिकारी तथा अन्य साहित्यिक सर्जकहरु द्वारा पनि रचना वाचन गरिएको थियो।मुक्तक गजल कविता वाचन कर्ताहरुद्वाराआदिकवीको चर्चा मुक्त कण्ठले गर्नु भएको थियो।प्रमुख अतिथी राजदुत डा.डमरु बल्लब पौडेल ज्यू तथा गजलकार प्रदिप रोदन लगाएत अन्य बक्ताहरुले साहित्यिक चौतारीले असाध्यै श्रहानिय कार्यक्रम आयोजना गरेकोमा बधाई तथा शुभकामना दिनु भएको थियो।
नेपाली भाषा र साहित्यको बिकास र बिस्तार गर्न ससक्त रुपमा कृयाशील साहित्य चौतारी नेपालको बिश्वका तीन दर्जन भन्दा बढी देशमा आफ्नो शाखा बिस्तार गरे संगै ती शाखाहरु मध्ये साउदी शाखा अग्र स्थानमै रहेको छ।कार्यक्रम समापन संगै रात्री भोजको आयोजना गरिएको थियो। स्मरण रहोस् गजलकार प्रदिप पाण्डे ( रोदन) गोर्खाको माटोले जन्माएको एक मोति हो।