२०८१ माघ १० गते | 23rd of January 2025

सन्दिप लामिछाने सहित नेपाली क्रिकेट टीम अमेरिका आउंदै

खुल्लामन्च
 प्रकाशित: २०८१ असोज २४ गते १७:१५

लस एन्जलस – क्यानाडाको खेल भ्रमण पश्चात नेपाली क्रिकेट टिम संयुक्त राज्य अमेरिकासंग तीन वटा अन्तरराष्ट्रिय खेलको लागि लागि अमेरिका आउंदैछ । अमेरिकाको टेक्सास राज्यको डालास शहरमा आयोजना हुने खेल अक्टोबर महिनाको १७, १९ र २० तारिखका दिन हुनेछ । नेपाल ओमान र संयुक्त राज्य अमेरिका बिच हुने लिग २ का खेलहरु अगाडी अमेरिकी टिमसँग नेपालको यो मैत्रीपूर्ण खेलको क्रिकेट समर्थकहरुले विशेष चासोको साथ अवलोकन गर्नेछन ।

नेपालका प्रसिद्द खेलाडी सन्दिप लामिछानेले विश्वकप क्रीकेट खेलताका अमेरिकाको भिसा नपाएको प्रकरणले आक्रान्त भएका क्रिकेट समर्थकहरु सन्दिपको उपस्थितिमा अमेरिका र नेपाल बिच हुने यो खेललाई सुवर्ण अवसरको रुपमा प्रतिक्षा गरिरहेका छन । यसै बिच अमेरिकि राज्य विभागको खेल कुटनिती अन्तर्गत अमेरिकाको भ्रमणमा आएका क्रिकेट प्रशिक्षक तथा नेपाल क्रिकेट संघका क्रिकेट बिकास अधिकृत अनिल अधिकारीले नेपाल र अमेरिका बिचको यो खेल अत्यन्त रोमान्चक हुने हुनाले नेपाली क्रिकेटको यो उपस्थिती अर्को कोशेढुंगा सावित हुने बताउंछन ।

भ्रमणका क्रममा लस एन्जलस रहंदा खुल्लामन्चसंगको भेटमा अधिकारीले अमेरिकामा सन्दिपको क्रिकेट जादु हेर्न बन्चित रहेका समर्थकहरुको प्रतिक्षालाई हुस्टनमा हुने खेलले बडा दशैं र दिपावलीको पावन अवसरलाई क्रिकेट र अमेरिकी नेपाली बिचको पर्वको रुपमा आफुले लिएको जनाएका छन । अधिकारीले अमेरिकाको आफ्नो भ्रमण र क्रिकेट खेलका क्रममा क्रिकेट बिकासको दौरानमा गौतम बुद्द अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको प्रचार प्रसार र चितवनमा अत्याधुनिक हाइटेक क्रिकेट एकेडेमी निर्माणार्थ बिभिन्न च्यारिटी र खेल कुटनिती प्रवर्धन कार्यक्रम गरिने जानकारी दिएका छन ।

प्रशिक्षक अधिकारीले अमेरिकाबासी नेपाली परिवारलाई नेपालाको शान नेपाली क्रिकेट टीमसंग डालासको मैदानमा उपस्थित भएर नेपाली क्रिकेट टीमको हौसला बढाइ दिन पनि आग्रह गरेका छन । नेपालका पुर्व क्रिकेट कप्तान पारस खड्काले हस्ताक्षर गरेका क्रिकेट बल तथा नेपाली क्रिकेट जर्सीहरु नेपाली चिनोको रुपमा सहयोगका खातिर हुस्टनमा बिक्री पनि गरिने जानकारी अधिकारीले दिए । यसैबिच नेपाल क्रिकेट संघले डालासमा हुने सो खेल ब्यबस्थापनका लागी क्यान केन्द्रिय सदस्य करण महत्रालाई ब्यबस्थापकको रुपमा तोकेको छ । नेपाली क्रिकेट टिमको सम्पूर्ण ब्यबस्थापनका लागी महत्रा १० अक्टोबरमा हुस्टोन आईरहेका छन ।Sandeep Lamichhane picked up by Dambulla Giants in Lankan Premier League

स्मरणीय छ, सन्दिप लामिछनेको अमेरिका बिरुद्द ७ विकेटको प्रदर्शन क्रिकेट ईतिहासमा अहिलेसम्म कै उत्कृष्ट जादु हो ।