२०८१ साउन ११ गते | 26th of July 2024

मन्त्रिपरिषदमा १९ मंत्री थपिए, कुन मंत्री कस्ता ?

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ११ गते १६:२१

काठमाडौं, ११ साउन । आज प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन । । बुधबार कांग्रेसबाट १० जना, माओवादीबाट ६, फोरमबाट २ र नेकपा संयुक्तबाट एक जना गरी जम्मा १९ जना मन्त्री थपिएका हुन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शथप ग्रहण गराएकी छन । १९ जना थपिएसँगै मन्त्रीपरिषद् २७ सदस्यीय भएको छ ।

कुन मन्त्री कस्ता ?

यज्ञबहादुर थापा
कांग्रेसबाट कानुनमन्त्री बनेका यज्ञबहादुर थापा कास्की निर्वाचन क्षेत्र नम्बर एकबाट सांसद चुनिएका हुन । कांग्रेसका पुराना नेता मानिने यादव काँस्कीको कांग्रेस जिल्ला सभापति भएका थिए ।

वीरबहादुर बलायर
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले डोटी १ का सांसद हुन । गणित विषयमा स्नातकोत्तर गरेका बलाएर स्कूल पढ्दादेखि नै नेविसंघमा आवद्ध थिए । पञ्चायतकालमा पटक गिरफ्तारीमा परेका उनले साढे ४ वर्ष जेल जीवन विताएका उनी कांग्रेसको डोटी जिल्ला सभापति समेत भइसकेका छन ।

मोहनबहादुर बस्नेत
सूचना तथा सञ्चार मन्त्री बनेका मोहनबहादुर बस्नेत सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका खुमबहादुर खड्को कोटाबाट मन्त्री बनेका हुन । । यसअघि स्वास्थ्य राज्यमन्त्री भएका बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट २०७० सालको संविधानसभा चुनावमा निर्वाचित भएका हुन । । सिन्धुपाल्चोको कांग्रेस जिल्लासभापति समते भइसकेका बस्नेतलाई कांग्रेसभित्र हक्की स्वभावका नेताका रुपमा लिइन्छ ।

सञ्जय गौतम
सिँचाइ मन्त्री सञ्जय गौतम पनि नेपाली कांग्रेस बर्दियाका जिल्ला सभापति हुन । बर्दिया २ बाट निर्वाचित गौतमले २०३६ आन्दोलनसँगै नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका थिए ।

मीन विश्कर्मा
वाणिज्यमन्त्री मीन विश्कर्मा समानुपातिकतर्फबाट सभासद बनेका थिए । कांग्रेसभित्र सभापति देउवाको अति विश्वास पात्र मानिने विश्वकर्मा दलित संघको सभापतिसमेत हुन । केही समयअघि तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीलाई महाअभियोग लगाउन कांग्रेसका तर्फबाट मुख्य भूमिका विश्वकर्माले नै खेलेका थिए । विश्वकर्माको यो कदमलाई लिएर पार्टीभित्र र बाहिर चर्को आलोचना भएको थियो ।

अम्बिका बस्नेत
गरिबी निवारण र सहकारी मन्त्री अम्बिका बस्नेतले कांग्रेसबाट मन्त्री हुने एक मात्र महिला हुन । समानुपाति कोटाबाट संविधानसभा सदस्य बनेकी बस्नेत महिला संघको केन्द्रिय सदस्य हुन । उनी काठमाडौंको स्थायी बासिन्दा हुन ।

भीमसेनदास प्रधान
रक्षामन्त्री भीमसेनदास प्रधान २०७० सालको संविधानसभाको चुनावमा काठमाडौं ६ बाट निर्वाचित भएका हुन । काठमाडौंका पूर्व जिल्लासभापति समेत रहेका प्रधान कृष्णप्रसाद सिटौलाको गुटबाट मन्त्री बनेका हुन । काठमाडौंको कांग्रेस राजनीतिमा प्रधानको राम्रो पकड रहेको छ ।

रामकृष्ण यादव
कृषिमन्त्री रामकृष्ण यादव पनि पहिलोपटक मन्त्री बनेका हुन । । उनी संसदको सबैभन्दा शक्तिशाली मानिने सार्वजनिक लेखा समितिको सभापति भइसकेका छन । स्नातकोत्तर उत्तीर्ण यादवले २०२९ सालदेखि नेपाल विद्याथी संघबाट राजनीति सुरु गरेका हुन । संविधानसभा निर्वाचनमा धनुषा २ बाट निर्वाति भएका यादव धनुषा कांग्रेस जिल्ला सभापति समेत बनेका थिए ।

राजन केसी
युवा तथा खेलकुदमन्त्री राजन केसी, २०७० सालको संविधानसभाको चुनावमा काठमाडौं १० बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हारएपछि चर्चित बनेका थिए । विद्यार्थी राजनीतिबाट आएका केसी ०४९ मा भएको स्थानीय चुनावमा चोभार वडा नम्बर २ को वडाध्यक्षमा निर्वाचित भए । २०५४ को स्थानीय निकाय चुनावमा उनी कीर्तिपुर नगरपालिका वडा नम्वर १३ बाट निर्वाचित भएका थिए ।

महेन्द्र यादव 

खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव समानुपातिक कोटाबाट सभासद भएका हुन् । तरुण दलको अध्यक्ष हुँदै यादव सभासद बनेका थिए  । यादव तराइ मधेसबाट प्रतिनिधित्व गर्ने सक्रिय कांग्रेस सांसद  हुन ।

गिरिराजमणि पोखरेल
माओवादीमा नारायणकाजी श्रेष्ठ खेमाका पोखरेले माओवादीभित्र पटक पटक अवसर पाउने थोरै नेतामध्ये पर्छन । उनी गएको संविधानसभा निर्वाचनमा महोत्तरी १ बाट निर्वाचित भएका थिए ।

महिन्द्र शाही
ऊर्जा मन्त्री नयुक्त महिन्द्र शाही पहिलोटक मन्त्री बनेका हुन । माओवादी युद्धमा कमाण्डरको भूमिका निर्वाह गरेका शाही कालिकोट १ बाट संविधानसभाको चुनावमा निर्वाचित भएका हुन । अध्यक्ष प्रचण्डलाई जानकारी नै नदिइ तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि शाही एकाएक चर्चित बनेका हुन ।

टेकबहादुर बस्नेत
सामान्य प्रशासन मन्त्री बनेका टेकबहादुर बस्नेत पनि जनयुद्धमा कमाण्डरको भूमिकामा थिए । माओवादीभित्र समरसिंह नामले चिनिने बस्नेत सल्यान १ बाट निर्वाचित भएका थिए ।

शिवकुमार मण्डल
आपूर्ति मन्त्री शिवकुमार मण्डल पनि पहिलोपटक मन्त्री बनेका हुन । मोरङ ४ बाट निर्वाचित मण्डल पनि जनयुद्धमा प्रत्यक्ष संलग्न भएका माओवादी सांसद हुन ।

सन्तकुमार चौधरी
माओवादीले सन्तकुमार चौधरीलाई थारु समुदायबाट मन्त्री बनाएको छ । चौधरी समानुपातिक कोटाबाट मन्त्री बनेका हुन ।

आशा खनाल
माओवादीबाट मन्त्री बन्ने गोरखाकी आशा खनाल एक मात्र समानुपातिक सभासद हुन । अरु सबै प्रत्यक्षतर्फबाट चुनाव जितको सांसदलाई माओवादीले मन्त्री बनाए पनि खनाल भने समानुपातिक सांसद हुँदै मन्त्री बनेकी हुन ।

जितेन्द्र नारायण देव
नेपाल फोरम लोकतान्त्रिकबाट पर्यटन मन्त्री बनेका जितेन्द्र नारायण देव समानुपातिक कोटाबाट सभासद बनेका थिए । यसअघको प्रचण्ड नेतृत्वको सरकारमा पनि पर्यटन मन्त्री रहेका देवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तरता दिएका थिए । । फेरि मन्त्रीमा निरन्तरता पाउने निश्चित भएपछि जितेन्द्र देवले मन्त्री निवास छाडेका छैनन ।

गोपाल दहित
फोरमबाट भूमिसुधार मन्त्री बनेका गोपाल दहित पनि अघिल्लो सरकारमा सहभागी थिए ।

मिथिला चौधरी
नेकपा संयुक्तकी मिथिला चौधरीले वातावरण मन्त्रालय पाएकी छन । सप्तरीका चौधरी समानुपातिक सभासद हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *