न्यूयोर्क – खेल र क्रिकेट कुटनिती नारा अन्तर्गत संयुक्त राष्ट्र संघका लागी नेपालका स्थायी प्रतीनिधी माहमहिम लोकबहादुर थापालाई न्यूयोर्कमा नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काद्वारा हस्ताक्षरित क्रिकेट बल र नेपाल क्रिकेट टिमको आधिकारिक जर्सी प्रदान गरिएको छ ।
अमेरिकामा रहेको नेपाली समुदायको उन्नती र प्रगती तथा नेपाली क्रिकेटको बिकासको लागी योगदान दिनसक्ने र योगदान दिएका पांच ब्यक्तित्वहरुलाई दिने भनेर अभियानस्वरुप अमेरिका भ्रमणमा रहेका वागमती प्रदेश नेपाल क्रिकेट टीमका प्रशिक्षक तथा बिकास अधिक्रित अनिल अधिकारीले सो सम्मान महामहिमलाई प्रदान गरेका हुन ।
परराष्ट्र मन्त्रालयका सहसचिव लोक बाहादुर थापा यसअघि वेल्जियम र नेदरल्यान्डको लागी राजदुत हुनुहुन्थ्यो । हाल उहां संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधी तथा संयुक्त राष्ट्र संघको आर्थिक तथा समाजिक परिषदको उपाध्यक्ष पनि हुनु हुन्छ ।