२०८१ माघ ४ गते | 17th of January 2025

गायक प्रमोद खरेल र गायिका अन्जु पन्त लस एन्जलसमा

खुल्लामन्च
 प्रकाशित: २०८१ कार्तिक ७ गते १८:१९

लस एन्जलस – चर्चित गायक प्रमोद खरेल र गायिका अन्जु पन्त दिपावलीको पुर्व सन्ध्यामा आफ्न सांगितिक कार्यक्रम प्रस्तुत गर्न लस एन्जलस आउने भएका छन । आगामी नोभेम्बर महिनाको ८ तारिख शुक्रवार आयोजना हुने शुभकामना तथा सांगितिक सांझमा उनीहरुले आफ्ना प्रस्तुती दिनेछन ।

 8848 ENTERTAINMENT को संयोजनमा हुने उक्त कार्यक्रममा स्थानिय बाल कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले बताएका छन । हाल लस एन्जलसमा संगित, उत्सव र मनोरन्जनका कार्यक्रमहरुको आयोजन एवम संयोजन गर्दै आएको  8848 ENTERTAINMENT ले उपस्तिथिका लागि ग्रेटर लस एन्जलसका नेपाली समुदायको अपिल गरेको छ ।

नेपाली सुगम संगितका यी चर्चित हस्तीहरुको प्रस्तुतीले लस एन्जलस नेपाली समुदायलाई भरपुर मनोरन्जन प्रदान गराउने आयोजकले पक्षले जनाएको छ । पछिल्लो पुस्ताका यी चर्चित जोडीका सुन्दर सांगितिक कोशेलीहरु नेपाली सुगम संगितका सम्पतीका रुपमा भन्डारित छन । शिक्षित र अनुशासित कलाकारका रुपमा चिनिएका खरेल र पन्तको शानदार प्रस्तुती कार्यक्रमको भब्य तयारी पुरा भएको आयोजकले जनाएको छ ।

कार्यक्रमबारे जानकारी :

मिती : नोभेम्बर ८, शुक्रवार २०२४
स्थान : THE QD VENUE , 7722 GARDEN GROVE BLVD. WESTMINSTER, CA 92683
समय : 8:00 PM
संपर्क :
अमृत महतो : 626 328 5191
राजेश निरौला : 949 302 1557