लस एन्जलस – अमेरिकामा रहेका नेपालीहरुद्दारा स्थापित पहिलो नेपाली ‘बैन्क’ एभरेस्ट फेडरल क्रेडिट युनियनको टाउन हल बैठक लस एन्जलसमा आयोजना हुंदैछ ।
डिसेम्बर २७ शनिवार श्रीपशुपतीनाथ फाउन्डेशनको सभा हलमा आयोजना हुने बैठकमा ‘जन्भभुमी नेपाल छाडेर अमेरिकामा रहेका नेपालीहरुको आर्थिक उत्थान र सहयोगको लागि गर्न सकिने सहयोगको बारेमा छलफल हुने जनाईएको छ । ‘संस्थाको लस एन्जलस शाखा विस्तारको प्रसंग पनि टाउन हल बैठकको एजेन्डा हो’, क्रेडिट युनियनको लस एन्जलस क्षेत्रको संयोजन गरिरहेका सागर पौडेलले बताए ।
न्यूयोर्कमा कार्यालय स्थापना गरेर डालास मेट्रो एरिया हुंदै लस एन्जलस र नेपालीहरुको बाक्लो उपस्थिती रहेका स्थानहरुमा आफ्ना सेवाहरु विस्तार गर्ने उदेश्यले अहिले लस एन्जलसलाई लक्षित यो बैठकले ‘नेपालीहरुद्दारा नेपालीका लागि स्थापित नेपालीकै बैंक’ लस एन्जलसमा शाखा स्थापना हुने अपेक्षा गरिएको छ ।
एभरेस्ट फेडरल क्रेडिट युनियनका संस्थापकहरु, प्रमुख पदाधिकारीहरु तथा वित्तिय अधिकारीहरुको प्रत्यक्ष उपस्थितिमा यिनै बिषयहरुलाई खुल्ल्ला छलफल मार्फत अमेरिकी नेपाली समुदायको आर्थिक सेवा उत्थानका लागि पाईला चालिने संयोजक पौडेलले जनाए ।