२०८१ माघ ५ गते | 18th of January 2025

सान् फ्रान्सिस्कोमा नेपाली सामुदायिक भवन खरिद प्रकृया अन्तिम चरणमा

खुल्लामन्च
 प्रकाशित: २०८१ कार्तिक ८ गते १७:०२

सान्-फ्रान्सिस्को –  अमेरिकाकै प्रख्यात शहर सान् फ्रान्सिस्कको क्षेत्रमा नेपाली सामुदायिक केन्द्रको  भवन खरिद हुने भएको छ । अमेरिकाकै पुरानो संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले राखेको खरिद अफर स्वीकृत भएपछी भवन किन्ने बाटो खुलेको हो ।May be an image of road

हजारौं नेपालीको बसोबास रहेको यो क्षेत्रमा सामुदायिक केन्द्रको वर्षौं देखिको सपना बल्ल पुरा हुने भएको छ । हालै नेपालीको बढी बसोबास रहेको रिचमण्ड शहरको हलसहितको एक ठुलो भवन धनीले नान्सलाई बिक्रि गर्न सहमत भएको छ । जसका लागि ६० हजार अमेरिकी डलर दिएर बैना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले जानकारी दिएका छन् ।No photo description available.

करिव १० हजार ८ सय वर्ग फिटको भवन छ । सुविधा सम्पन्न मुख्य सभाकक्ष ५सय २८ जना क्षमताको छ ।  २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा छन् । भान्सा तथा अन्य स–साना स्टोर कोठाहरु र शौचालय छन् । ५४ हजार वर्गफिटको पार्किङ लटमा १ सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था छन् ।May be an image of text

सो भवन २१ लाख ७० हजार अमेरिकी डलर मुल्य तय गरेर  बिक्रीमा राखिएको थियो । तर नान्सले बिक्री प्रतिनिधिसँगको पटक–पटक वार्ता गरि १८ लाख ६० हजारमा खरिद गर्ने नान्सको प्रस्ताबमा बिक्रेता सहमत भएको महासचिव यज्ञ नेपालले बताए । योसँगै अब २ महिनाभित्र करिव २० प्रतिशत सुरु भुक्तानी (डाउन पेमेन्ट) रकम बुझाएपछि भवनको स्वामित्व हस्तान्तरण हुनेछ र  यसका लागि करिव ४ लाख डलर नगद आवश्यक पर्छ ।

नान्सका अध्यक्ष कार्की बे एरियामा बस्ने नेपालीले वर्षौदेखि देखेको साझा सपना पुरा गर्न एकजुट हुनुपर्ने समय आएको बताउँदै सहयोगका लागि सबै समुदायलाई आव्हान गरेका छन् । ‘डाउन पेमेन्टको रकम संकलन, ऋण लिएर भवन पास गर्ने र मोर्गेज रकम व्यवस्थापनका निम्ति सबै मिलेर काम गर्नुछ’ कार्कीले भने, ‘सिंगो समुदाय एकजुट हुँदा यो सबै चुनौती सहजै पार लाग्छ भन्ने विश्वास छ ।’

यही सातादेखि विशेष अभियान लिएर यो क्षेत्रका सबै नेपाली समुदायको टोल–टोलमा पुगेर रकम संकलन गरिने योजना रहेको कार्कीले बताए ।

चाडपर्व एवं धर्म, संस्कृति अनुसारका सामाजिक साँस्कृतिक कार्यक्रम गर्न सामुदायिक केन्द्रको आवश्यकता परेको अगुवाहरुको भनाई छ । सन् २००६ मा निर्माण भएको नयाँ र चिटिक्क परेको छ  ।  कुनैपनि मर्मत सम्भार बिना किनेको भोलिपल्टैदेखि कार्यालय सञ्चालन तथा अन्य गतिबिधि गर्न सकिने अवस्थाको छ ।