२०८१ माघ ३ गते | 16th of January 2025

श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा नयां कार्यसमिती, अध्यक्षमा बिमल श्रेष्ठ

खुल्लामन्च
 प्रकाशित: २०८१ पुष ८ गते १९:४०

लस एन्जलस – श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिर, लस एन्जलसमा हिजो सम्पन्न साधारण सभाले नयाँं कार्यसमितिको निर्विरोध चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा बिमल श्रेष्ठ चयन भएका छन । श्रीपशुपतिनाथ फाउन्डेशनको बिधानानुसार प्रत्यक दुई बर्षमा निर्वाचित हुने नयाँं कार्यसमितिको अध्यक्ष पद चाँहीं साधारण सभाले ‘आगामी अध्यक्ष’ (ईलेक्ट प्रेसिडेन्ट) को चयन गर्ने परम्परा छ । सामुदायिक संस्थाको प्रमुख पदमा निर्वाचनको झमेलाले सामाजिक मनमुटाव नहोस् भन्नाका खातिर संस्थाले यस्तो व्यबस्था गरेको छ ।No description available.

अत: आगामी दुई बर्षपछी हुने अध्यक्ष अर्थात ईलेक्ट प्रेसिडेन्टमा रामबाबु पाण्डे चयन भएका छन भने वरिस्ठ उपाध्यक्षमा डिल्ली सिद्धार्थ सिलवाल चयन भएका छन । श्रीपशुपतिनाथ फाउन्डेशनका संस्थापक अध्यक्ष तथा आगामी कार्यसमितीका लागि गठित निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त भक्त थापाले निर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको हिजै शपथ खुवाएका छन ।No description available.

नव-निर्वाचित कार्यसमिती यसप्रकार रहेको छ :

अध्यक्ष : बिमल श्रेष्ठ
आगामी अध्यक्ष : रामबाबु पाण्डे
निवर्तमान अध्यक्ष : रामेश्वर भन्डारी
वरिष्ठ उपाध्यक्ष : डिल्ली सिद्धार्थ सिलवाल
उपाध्यक्ष : उपेन्द्र सापकोटा
महासचिव : तुलसीराम ज्ञवाली
सचिव : सुमन ढकाल
कोषाध्यक्ष : लक्ष्मण घिमिरे
सह-कोषाध्यक्ष : डिल्लीप्रसाद थपलिया

सदस्यहरु :
अजितबाबु घिमिरे
अमृत महतो
भवानी पाण्डे
भुवा नुरे
चक्रपाणी मिश्र
मिलन न्यौपाने
मुना प्याकुरेल
नन्दलाल गौतम
प्रबिण घिमिरे
रामशरण पाण्डे
सन्जु सापकोटा र
सपना सेंढाई थपलिया ।


यसैगरी नव-निर्वाचित कार्यसमितिलाई सल्लाह, सुझाव र सहजताका लागि सदैव तल्लिन रहनेगरी गठन हुने बोर्ड अफ ट्रष्टीको नयाँ समितिपनि साधारण सभाले गठन गरेको छ । जसानुसार दानवीर एकराज पाण्डेको अध्यक्षतामा गठन भएको ट्रष्टी समिती यसप्रकार रहेको छ ।No description available.

अध्यक्ष : एकराज नारायण पाण्डे
सदस्यहरु :
भिम ढकाल
बिबेक श्रेष्ठ
बिमला ढकाल
डिल्ली थापा
नेत्र मैनाली
राजन कार्की
रामराजा पाण्डे
शमशेर सूवास भन्डारी
श्याम जोशी र
सुशिला पाण्डे न्यौपाने ।

साधारण सभामा महावाणिज्यदुत रिषी ढकाल, लस एन्जलस नेपाली समाजका आदरणीय अभिवावक बेदभक्त जोशी र मन्दिरका परियोजनाकार कन्हैया कायस्थले आ-आफ्ना विचार राखेका थिए ।No description available.