लस एन्जलस – गुरुङ्ग समाज लस एन्जलसको आयोजनामा आगामी डिसेम्बर २९ तारिख आईतवारको सांझ ‘तमु ल्होसार सांस्कृतिक सांझ-२०२४’ को आयोजना हुंदैछ । चर्चित मोडेल तथा नर्तकी रश्मी तामाङ्गको प्रस्तुती रहने कार्यक्रममा स्थानिय कलाकारहरुको प्रस्तुती तथा डिजे समावेश गरिएको छ ।
गुरुङ्ग समाज लस एन्जलसका अध्यक्ष जोसेफ घलेकानुसार कार्यक्रममा १० बर्ष मुनिका बालबालिकाहरुको नि:शुल्क प्रवेशको ब्यवस्था गरिएको छ भने टिकट दर प्रतिब्यक्ती ५०.०० डलर राखिएको छ । ‘सप्रि ल्हो तमु ल्होसार सांस्कृतिक सांझ-२०२४’ नाम दिईएको कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाईदिई बिशेष बनाईदिन संस्थाका अध्यक्ष घलेले आग्रह गरेका छन ।
कार्यक्रमबारे जानकारी :
मिती : December 29, 2024 Sunday
स्थान : CHA CHA Dancing Gym
6908 Wabner Ave, Huntington Beach, CA 92647
समय : 6:00PM – 12:00AM
संपर्क :
जोसेफ घले : 323 331 8661
एकबहादुर गुरुङ्ग : 626 941 4436
हिमाल गुरुङ्ग : 818 448 3795