लस एन्जलस – परेदिशिएका नेपाली बाल-बालिकाहरु मात्रीभुमी नेपालको भाषा बिर्सन्छन । आफ्नो देशको परम्परा, संस्कार र रितिरिवाजको त बातै छाडुम् । आफ्ना माता पिताको सांस्कृतिक चालचलन, धार्मिक सुझबुझ र सनातनी परम्परालाई चटक्कै बिर्सने बालबालिकाहरु पनि परदेशमा भेटिन्छ्न । परदेशी वा अमेरिकी हावापानीले सांस्कृतिक बिखन्डनमा परेका बालबालिकाहरुको जिम्मेवार भने जन्मा दिने माता-पिता नै हुन्छन । भर्खरै बिद्धालय जान थालेका बाल-बालिकाहरुसंग जन्म दिने बाबु-आमा नै अङ्रेजी बोल्दछन । फेशनका रुपमा, देखावटीका लागि र रहरले घरमा बच्चाहरुसंग अङ्रेजी बोल्ने बाबु-आमाहरु सनातनी धर्मको बिखन्डनकारी हुन । किनकी एक दिनमा १२ घण्टाभन्दा बढी बच्चाहरु अङ्रेजीसंग साईनो गांसिरहेका हुन्छन, परदेशी जिविकामा ।
भाग्यमानी ठान्नुपर्दछ हामीले कि ग्रेटर लस एन्जलसमा बिभिन्न संस्थाहरु सकृय छन । जसले नेपाली भाषा, संस्क्रिती र परम्पराको जगेर्ना गर्न रातोदिन कृयाशिल छन । श्रीपशुपतिनाथ फाउन्डेशनले बिगत केही बर्षहरुदेखी ‘नेपाली पाठशाला’ नै सन्चालन गरेको छ । नेपाली पाठशालाको यस बर्षको परिक्षामा ८० जना भन्दा बढी बिद्धार्थीहरुले परिक्षा दिएका प्रिन्सिपल सुमन ढकालले बताए । फाउन्डेशनको नव-निर्वाचित कार्यसमितिलाई यो निरन्तरतालाई अझै प्राथमिकताका साथ अगाडी बढाईने जानकारीको एजेन्डा आफु निर्वाचित भएकै दिन अध्यक्ष बिमल श्रेष्ठले दिएका छन । लस एन्जलसमा आयोजना ह्हुने कार्यक्रममा पनि बलबालिकारुलाई सदैव भिन्न खालले समावेश गराउने चलन नेवा समाज, लस एन्जलसले शुरु गरिसकेको छ ।
त्यसो त, प्रवासी एकताको मैदान लस एन्जलसमा खुलकुद मार्फत सकृय हुन जुझारु नेपाली युवाहरुले ‘LA Gurans (एलए गुंरास)’ फाउन्डेशनको स्थापना गरेका छन । नेपाली राष्ट्रिय फुल गुंरासलाई प्रतिनिधित्व गर्दै नेपाली जुझारु युवाहरुले नाफारहित काम गर्नाका खातिर यो फाउन्डेशनको स्थापना गरिएको एक सदस्य बिबेक अधिकारीले बताए । फुटबल खेल मार्फत भाईचारा, एकता र सामाजिक निरन्तरताको लागि यो सपना बुनेको अर्का सदस्य समर्पण प्रसाईंले बताए ।
“गुंरास कप – २०२५’ आयोजना हुंदै :
फाउन्डेशनको स्थापनाको शुरुवातीमै ‘गुंरास कप – २०२५’ को आयोजना हुंदैछ । स्वर्गीय लछुमन शाहीको सम्झनामा जनवरी १८ २०२५ मा यस बिशाल प्रतियोगिताको आयोजना गरिएको अधिकारीले बताए । अमेरिका सकृय नेपाली फुटबल टीमहरुको पनि सहभागीता रहने प्रतिगिताको तयारी पुरा भएको प्रसाईँ बताउंछन ।