लस एन्जलस – खेलकुद र बिशेषत: फुटबल्ल मार्फत लस एन्जलसलाई सकृय बनाउने हेतुले स्थापित LA GURANS Foundation (एलए गुरांस फाउन्डेशन) को आयोजनामा LA GURANS Cup (एलए गुरांस कप) आयोजना हुंदैछ । नवगठित फाउन्डेशन परिवारले हिजो आयोजना गरेको भेटघाटमा सो कुराको जनाकारी गराए । फाउन्डेशनका अध्यक्ष अमृत गुरुङ्गले फाउन्डेशनका उपस्थित पदाधिकारीहरुको परिचय गराउंदै लस एन्जलस नेपाली समुदायमा खेल्कुद मार्फत एकता र भाईचाराको सम्बन्ध विस्तार गर्न आगामी दिनहरुमा निरन्तर लागिरहने जनाए ।
लस एन्जलसमा रहेर खेलकुदमा सकृय रहेका दिवंगत लछुमन शाहीको सम्झनामा जनवरी १८ र १९ २०२५ मा यस प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष गुरुङ्गले बताए । अमेरिका सकृय नेपाली फुटबल टीमहरुको पनि सहभागीता रहने प्रतियोगिताको ६० प्रतिशत काम सकिएको, रेगुलर १५ टीम र ३५ बर्षभन्दा माथी उमेर समुहको ५ टीमको प्रतियोगितामा सहभागीता रहने पक्का रहेको आयोजकले बताए ।
कार्यक्रममा महावाणिज्यदुत ॠषी ढकालले ग्रेटर लस एन्जलसमा उदाएको नयाँं सामुदायिक संस्थालाई स्वागत गर्दै संस्थाहरु बिचमा आपसी हातेमालो गर्दै अघि बढ्न सुझाव दिए ।
स्थानिय हिमालयन ग्रिल रेस्टुरेन्टमा आयोजित कार्यक्रममा छिट्टै प्रतियोगिता, सहभागिता र ब्यवस्थापनका बारेमा अर्को कार्यक्रम आयोजना गरिने अध्यक्ष गुरुङ्गले जनाए ।