रिभरसाईड/क्यालिफोर्निया – अंग्रेजी नयाँं बर्षको आगमनसंगै दक्षिणी क्यालिफोर्नियामा सकृय बिभिन्न संस्थाहरुको अधिवेशन र नयाँं कार्यसमिती चुनिने रफ्तारसंगै Inland Empire Nepalese Welfare Society (IENWS) ले पनि आफ्नो अधिवेशन सम्पन्न गरेको छ । दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ।
दीपशंकर सुवेदी अध्यक्षमा निर्विरोध भएको कार्यसमितिमा उपाध्यक्ष पदमा गायत्रीप्रसाद कट्टेल, महासचिव अच्युत चापागाई, कोषाघ्यक्ष ईन्द्र बुर्लाकोटी, सहकोषाध्यक्ष नेत्र ढकाल र सदस्यहरूमा सुरेश खकुरेल, महेश्वर नेपाल, देविचरण घिमिरे, कोपिला मल्ल, भरत खड्का र केशव पौड्यालसहितका ११ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध निर्वाचित भएको छ ।
नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ॠषी ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा रिभरसाईड वा त्यस क्षेत्रमा बढ्दो नेपाली समुदायको हित र सामाजिक उपकारका लागि संस्थाले बिगत केही बर्षहरुदेखी आफ्नो दरिलो उपस्थिती जनाउंदै आएको छ ।