श्रीपशुपतिनाथ नेपाली पाठशाला, नयाँ शत्रको भर्ना शुरु
खुल्लामन्च
प्रकाशित: २०८१ पुष २३ गते २०:०९
लस एन्जलस – श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरद्दारा संचालित नेपाली पाठशालाको नयाँं भर्ना शुरु भएको छ । प्रत्यक बर्षको अन्तिममा अन्त हुने शैक्षिक शत्रसंगै नयाँं भर्नाले नयाँं शैक्षिक शत्रको शुरुवात गरेको छ । गत आईतवारबाट खुलेको भर्नाको शुरुवातीसंगै हालसम्मा ३५ जना बिद्धार्थीहरुले नयाँं भर्ना गरेको पाठशालाका प्रिन्सिपल तथा मन्दिरका नव-निर्वाचित सह-सचिव सुमन ढकालले बताए ।
९० जना बिद्दार्थीहरुले परिक्षा दिएका गत सालको शैक्षिक सत्र, बढ्दो नेपाली संख्या र भाषा एवम संस्कृतिका लागि अभिवाकहरुको रुचीले यस शैक्षिक सत्रमा १०० जना नयाँं बिद्धार्थीहरुको अपेक्षा गरिएको प्रिन्सिपल ढकालले जनाए । तीन तहको नेपाली कक्षा, जुनियर बच्चाहरुका लागि छुट्टै शैक्षिक ब्यवस्था, नयाँं शुरुवात गर्ने बिद्धार्थीहरुका लागि छुट्टै पाठन समाग्री र भाषा र लेखन बुझ्नेहरुलाई व्याकरण, कथा लेखन र नेपाली पढाईको ब्यवस्था यस शैक्षिक सत्रमा जोडीएको ढकालले बताए ।
मन्दिरका गुरु चुडामणी शास्त्रीज्यूबाट ईच्छुक बिधार्थीहरुलाई संस्क्रित बिषयको पठन पाठन हुने ब्यबस्था पनि नेपाली पाठशालाले गरेको छ । यसका अलावा बिद्दार्थीहरुलाई नेपाली संगित, नाच र जन्मभुमी नेपालको आभाष दिलाउने बिषयहरुको पढाई हुने पनि प्रिन्सिपल ढकालले बताए ।