लस एन्जलस – जीवन विज्ञानअमेरिकाले यही २०२५ जनवरी महिनाको २४ तारिख देखि २७ तारिखसम्म अमेरिकाको पूर्वीय समय बेलुकी 7:30 देखि 9:00 बजेसम्म क्यालिफोर्निया तथा पश्चिम भेगको समय बेलुकी 5:30 देखि 7:00 स्वजागरण (Self-Awakening) भन्ने एक विशेष आध्यात्मिक कार्यक्रम जुम मार्फत गर्न गइरहेको छ। जीवनमा सजगताको विकास, आन्तरिक शान्ति, खुशी र समग्र आध्यात्मिक चेतनाको विकासको निमित्त यो कार्यक्रमको आयोजना गरिएको हो । यस कार्यक्रममा जोडिन चाहनेहरुले यो लिङ्क यसमा गएर आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ ।
स्वजागरण भन्नाले आफैंमा जागरुकता ल्याउने प्रक्रिया वा स्थिति हो । यो शब्दले व्यक्तिको आत्मज्ञान, चेतना, आफ्नो अधिकार, कर्तव्य, वा क्षमताप्रति सचेत हुने अवस्थालाई जनाउँछ। स्वजागरणले हामी लाई आत्मनिर्भर, सशक्त, र आफ्नो जीवनका विभिन्न पक्षहरूमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्नुको साथै व्यक्तिगत स्वजागरणले आफ्नो कमजोरी र क्षमता बुझेर स्वजागरणको माध्यमले हामीले नयाँ सोच, दृष्टिकोण, र व्यवहारमा सुधार ल्याउन सक्छौ ।श्रद्धेय गुरुदेवद्वय श्री रमेश नेपालज्यू र श्री एल पि भानु शर्माज्यू को समुपस्थितिमा हुने यो बिशेष कार्यक्रममा सहभागी भै आफुलाई परिबर्तन गरौं ।
श्रद्धेय गुरुदेवद्वय श्री रमेश नेपाल तथा श्री एलपी भानु शर्मा द्वारा स्थापित जीवन विज्ञानको दृष्टिकोण योग, प्राणायाम, र ध्यानको दैनिक अभ्यासद्वारा व्यक्तिहरूमा खुशी, शान्ति, र समृद्धिको विकास गर्नुका साथै उनीहरूको दैनिक जीवनमा सकारात्मक भावना र अभिव्यक्तिहरूलाई प्रवर्द्धन गरेर रूपान्तरण ल्याउने हो। संस्थाको प्रमुख उद्देश्य सदियौंदेखि उपलब्ध ज्ञान र अभ्यासमा आधारित प्रमाणित कार्यक्रमहरूलाई अनुभवी प्रशिक्षकहरूको सहयोगमा संसारभरका मानिसहरूलाई उपलब्ध गराउनु हो। साथै, जीवन विज्ञानले मानव शरीर विज्ञानको आन्तरिक विज्ञान, मानसिक अवस्थाहरूको व्यवस्थापन, र इन्द्रिय, विचार, तथा मानव चेतनाबीचको अन्तरसम्बन्धको गहिरो समझ विकास गर्न खोजिरहेको छ। यसलाई हासिल गर्नका लागि ज्ञान र अभ्यासहरूलाई अमेरिका तथा विदेशका समाज र व्यक्तिहरूसँग साझा गर्दैछ। यसबाहेक, जीवन विज्ञानले विविध भाषिक समुदायहरूलाई लक्षित गरी विभिन्न भाषाहरूमा पाठ्यक्रम, सैद्धान्तिक साहित्य, र व्यावहारिक अभ्यासहरूको विकास गरिरहेको छ।
जीवन विज्ञान २०२० सेप्टेम्बर २२ मा अमेरिकामा ५०१(c)(3) अन्तर्गत योग शिक्षा प्रदान गर्ने संस्थाको रूपमा स्थापना गरिएको हो। यस संस्थाको उद्देश्य शारीरिक र मानसिक स्वास्थ्य तथा समग्र कल्याणसम्बन्धी शिक्षाको प्रवर्द्धन गर्नु हो। जीवन विज्ञान USA को प्राथमिक उद्देश्य प्राचीन सनातन पूर्वीय दर्शनमा आधारित योग, प्राणायाम, र ध्यान (ध्यान) को व्यवहारिक शिक्षा प्रदान गर्नु हो। जीवन विज्ञान अमेरिकाले प्रातकालीन प्रयोगशालाहरू सञ्चालन गर्दै आइरहेको छ र यहाँ सबैजनाले जुम मार्फत निःशुल्क जोडेर फाइदा लिन सक्नुहुनेछ। यसको सम्पूर्ण जानकारीहरु यहाँं क्लिक गरेर प्राप्त गर्न सक्नुहुनेछ।