लस एन्जलस – केही हप्ता अगाडी लस एन्जलसको छाता संगठन श्रीपशुपतिनाथ फाउन्डेशनको नयां कार्यसमिती चयन भयो । नयाँं जोशले प्रवासी ग्रेटर लस एन्जलसको समुदाय जाग्रित भयो । अत्यन्तै उत्साहले नेपाली पाठशालामा नेपाल, नेपाली भाषा र नेपाली संस्कार सिक्न नयाँं शैक्षिक शत्रमा बिद्धार्थीहरुको भर्ना बढ्यो ।
तर दैवी प्रकोपले लस एन्जलस एकाएक जल्यो । बन जलो, डांडांहरु जले, अरबौंका घरहरु जले । सबको मन जल्यो । दैवको अगाडी पुकारा ढल्यो ।
हे दैव !
के देख्नु परेको ।
के भोग्नु परेको ।
नेपाली समुदायका कोही हातहत नभए पनि डेढ लाख मानवको आज सडकमा बास छ । दुंनियाको सबैभन्दा धनी र वैभवशाली शहरको यो नियती । सपनाको देश अमेरिका । अझ सपनाको शहर हलिवूड । तर ती डांडामा अवस्थित सयौं सेलेब्रेटीका घरहरु क्षणभरमै खरानी भए ।
भलै, उत्साहले ओतप्रोत नेपाली पाठशालाको नयाँं शत्रको शुरुवात भोली आईतवारदेखी शुरु हुंदैछ ।
आउउहोस्, यो गाउंको विपतमा बांछेका हामीहरु आत्मियताको हातेमालो गरौं ।
शायद, भोलीबाट शुरु हुने नेपाली पाठशालाको कक्षामा प्रिन्सिपल सुमन ढकाल र अरु शिक्षकहरुले आगलागिको यो त्राशदीको पनि बखान गर्नेछन । हाम्रा भुराहएुको आंखामा विपतको अंशु हुनेछ । प्रक्रितीलाई कसैले जित्न नसक्ने शिक्षा तिनले सिक्नेछन र बाहिर भगवान पशुपतिनाथ र शान्तीका अग्रदुत बुद्ध भगवानसंग अभिभावकरु दुई हात जोडेर शान्तीको कामना गरिरहेका हुनेछन ।
तमाम अल्झनहरुलाई थांती राखेर भोली हामी नेपाली पाठशालामा भेला हुनेछौं, आफ्न बाल-बालिका र जहाँसंग ।
आउनुहोस्, भोलेबाबासंग शान्तीको सामुहिक कामना गरौं ।
नेपालका प्रख्यात बिद्धालयहरु अमरज्योती लुईंटेल, सिद्धार्थ बनस्थली वा लिटिल एन्जलस भन्दा बढी गहिराईमा नेपाली भाषाको पढाई लस एन्जलसमा हुनेछ ।
किनकी, नेपाली पाठशाला भन्छ :
नेपाली पाठशालाको सञ्चालन सम्बन्धी सञ्चिप्त जानकारी यहॅां समेटेका छौं। पढेर प्रतिक्रिया दिनुहोला :
नेपाली पाठशाला प्रत्येक आइतवार बिहान १०:०० बजे देखि १२:०० बजे सम्म पशुपतिनाथ र बुद्ध मन्दिरमा संचालन भइरहेको छ। हरेक सत्र ६ महिनाको रहेको छ र नयां सत्र आगामी आईतबारबाट सुरु हॅुंदैछ । यसमा हामीले हाल विभिन्न सिकाइ तहहरूका लागि अनुकूल ६ वटा फरक कक्षाहरू सन्चालन गरेका छौं ।
१. **Junior**: यो प्रारम्भिक कक्षा साना बालबालिका र नेपाली भाषा बोल्न बुझ्न नसक्ने विद्यार्थीहरूको लागि तयार गरिएको हो।
२. **Beginner**: नेपाली भाषा सामान्य बोल्ने र बुझ्ने क्षमता भएका विद्यार्थीहरूको लागि यो कक्षा बनाइएको हो, जसमा नेपाली अक्षरहरू र साधारण शब्दहरू पढ्न र लेख्न सिकाइन्छ।
३. **Intermediate**: यो हाम्रो सबैभन्दा उच्च कक्षाले विद्यार्थीहरूको नेपाली भाषामा पूर्णता पढ्न र लेख्न सीप विकास गर्न लक्ष्य राखेको छ। यसबाहेक, विद्यार्थीहरूले नेपाली व्याकरणका आधारभूत पक्षहरू पनि सिक्नेछन्।
४. **Music**: यस कक्षामा विद्यार्थीहरूलाई पूर्वीय संगीतसँग परिचित गराइन्छ, जहाँ उनीहरूले नेपाली गीतहरू गाउन र परम्परागत बाजाहरू बजाउन सिक्नेछन्।
५. **Dance**: यस कक्षामा, विद्यार्थीहरूले आफ्नो साथीसँग सांस्कृतिक अनुभवलाई बढाउँदै लोकप्रिय नेपाली नृत्यहरू सिक्न र प्रदर्शन गर्ने अवसर पाउनेछन्।
६. **Sanskrit**: हाम्रा सम्माननीय प्रशिक्षक, आाचार्य गुरु स्वामी चूडामणि पाठकको निर्देशनमा, विद्यार्थीहरूले दिउँसो १२:०० बजे देखि १:०० बजे सम्म संस्कृत (गीता दर्शन) श्रवण गर्नेछन ।
हाम्रा सबै कक्षाहरू प्रत्यक्ष रूपमा सञ्चालन गरिन्छ जसले गर्दा पढाईलाई थप आकर्षक र अन्तरक्रियात्मक बनाउन सकियोस्। प्रत्येक कक्षाले Google Classroom को प्रयोग गर्दछ जसले विद्यार्थी र शिक्षकबीच अनलाइन अन्तरक्रिया सुनिश्चित गर्दछ। यो प्लेटफर्म गृहकार्य दिने, बुझाउने, र मूल्यांकन गर्ने काममा प्रयोग गरिन्छ, जसले प्रत्यक्ष शिक्षालाई अझै पूरक बनाउँछ भन्ने हाम्रो बिश्वास छ।
हामी नेपाली पाठशाला कार्यक्रममा तपाईंको सहभागिताको अपेक्षा गर्दछौं।
धन्यवाद,
नेपाली पाठशाला एस.सी.ए परिवार ।
हस, भोली भेटौं ।
नमस्ते ।
ॐ शान्ती ।
जय पशुपतिनाथ ।