२०८१ माघ ३ गते | 16th of January 2025

आगलागीले आक्रान्त लस एन्जलस – सहयोगका लागि श्रीपशुपतिनाथ फाउन्डेशनद्दारा ‘गोफन्ड’ को शुरुवात

खुल्लामन्च
 प्रकाशित: २०८१ पुष २६ गते १८:१६

लस एन्जलस – प्रकृतिको अगादी भगवानको पनि केही चल्दैन । यो मायावी शहर लस एन्जलस यो बखत आगलागी, धुंवा र सन्त्रासको भुमरीमा पिल्सिएको छ । अनेपेक्षित हावा-हुरी, भयानक आगलागी र त्यसको असरले त्रासदीपूर्ण दैनिकी अहिलेको लस एन्जलसको अवस्था हो । मालिबुका अरबौं पर्ने घर र व्यबसायहरु एकैक्षणको आगलागीले स्वाहा बनाईदियो । संसारको मनोरन्जनात्मक शहर हलीवूडमा प्रख्यात सेलेब्रेटीका आवासहरु खरानी भए । चर्चित पासाडेना शहर्को छिमेकी नगर अल्टाडेनामा कलेज, हाईस्कुल र हजारौं आवासहरु सखाप भए ।

रोजबल रंगाशाला, पासाडेना कन्भेन्शन केन्द्र र आगलागी प्रभावित क्षेत्रका खाली स्थानहरुमा यो जाडोमा पीडितहरु सहयोगको याचना गरिरहेका छन । करोडौं मुल्यको आफ्नो छानो आगोले दुंव बनाईदिएको यो भन्दा ठुलो विओग के होला, संसारमा । भनिन्छ नि, प्रकृतीको अगाडी महादेवको पनि केही चल्दैन ।

१२ जना भन्दा बढी मान्छेको निधन भएको छ, यो प्रकोपमा । तर अधिकारिक विवरण छैन । एक ठाउँंबाट अर्को ठाउंमा सल्किएको आगो निभाउनै अधिकारीहरु ब्यस्त छन । १ लाख पचास हजार भन्दा बढी मान्छेहरु विस्थापित भएका चन भने १०औं हजर भन्दा बढी आवास र संरचनाहरु ध्वस्त भएका छन । सम्भवत: आजसम्म कुनै नेपालीहरु भने यो आगलागीबाट प्रभावित भएका छैनन ।

छिमेकी समुदायमा परेको यो विपतमा सहयोग गर्न लस एन्जलस नेपाली समुदयाको गुरु संस्था श्रीपशुपतिनाथ फाउन्डेशनले “गोफन्ड’ को शुरुवात गरेको छ । मानव आखिर मानवै हो । मानवलाई परेको विपतमा मानवले सहयोग नगरे, अगाडी सर्ने को ? दानवको काम त आखिर विनाशै न हो ।

यो मानवीय सहयोगको लागि तलको लिन्क्मा क्लिक गरेर सहयोग गर्न सक्नुहुन्छ :

आगलागीबाट प्रभावितहरुको सहयोगका लागि श्रीपशुपतीनाथ फाउन्डेशनद्दारा चालु “गोफन्ड मी”