२०८१ माघ २८ गते | 10th of February 2025

नेपाल अमेरिका एकता समाजको अधिवेशन आगामी आईतवार

खुल्लामन्च
 प्रकाशित: २०८१ माघ ३ गते १९:०७

लस एन्जलस – ग्रेटर लस एन्जलसको पुरानो संस्था नेपाल अमेरिका एकता समाजको अधिवेशन जनवरी १९ २०२५ अर्थात आगामी आईतवार हुने भएको छ । संस्थापकहरु नै गुमनाम भएको यो संस्था आदरणीय वेदभक्त जोशीजले खोल्नुभएको एएनए पछीको सम्भवत: पुरानो संस्था हो । स्थापनापछी झापाका वासिन्दाहरुको बोलवाला रहेको नेपाल अमेरिका एकता समाजमा अहिले कार्यसमिती र त्यसका केही आजीवन सदस्यहरुको श्वासमा बांचिरहेको छ ।

श्रीपशुपतिनाथ फाउन्डेशनको स्थापना अगाडी यो संस्था लस एन्जल्सको अभिभावकीय जिम्मेवारीमा थियो । जब श्रीपशुपतिनाथ फाउन्डेशनले महापुराणको आयोजना गर्यो, तब महापुराणको यज्ञमा धेरै संस्थाका हविगतहरु चरु बनेर स्वाहा भए । यज्ञको त्यही धुपले अहिले चांही श्रीपशुपतिनाथ फाउण्डेशन सबैभन्दा ठुलो संस्था बनेको छ, लस एन्जलसमा ।

आपसी टकराव नदेखिएपनी खै किन हो, लस एन्जलसको कुनै बेलाको सर्वाधिक शक्तिशाली संस्था एकता समाज अकल्पनीय रुपमा छिन्न भिन्न भयो । पून: भन्नुपर्छ, संस्थामा पदीधिकारी पाउनै मुस्किल छ । संस्थाका संस्थापक र पुर्व पढाधिकारीहरु पञ्चमुखी हुनमान जस्ता छन । अर्थात निस्कृय छन् वा तीनका पांचवटा टाउकाहरु छन । समस्या त यो छ कि, लस एन्जलसमा एउटा संस्थामा आवद्ध पदाधिकारीहरु अन्य तीन वटा संस्थाका पनि पदाधिकारी रहेका छन ।

भलै, आगामी आईतवार श्रीपशुपतीनाथ तथा बुद्ध मन्दिरमा आयोजना हुने नेपाल अमेरिका एकता समाजको यो वार्षिक साधारण सभाले नयाँ कार्यसमितिको चयन गर्ने अध्यक्ष रोशन अधिकारीले जनाएका छन ।