२०८१ माघ २८ गते | 10th of February 2025

वर्तमान सत्ताले हामीमाथी पुर्वाग्रह दर्शायो : सांसद गणेश पराजुली

खुल्लामन्च
 प्रकाशित: २०८१ माघ ४ गते १९:१६

लस एन्जलस – रास्वपाका केन्द्रिय सदस्य एवम संघिय संसदका निर्वाचित सांसद गणेश पराजुलीले नेपालको वर्तमान सत्ताले आफ्नो पार्टीमाथी पुर्वाग्रह थोपरेको बताएका छन । अमेरिकाको पारिवारिक भ्रमणको शिलशिलामा लस एन्जलस आईपुगेका सांसद पराजुलीले उनीसंगको भेटघाट तथा अन्तर्कृयाको लागि आयोजित कार्यक्रममा उक्त कुरा व्यक्त गरेका हुन । May be an image of 3 people, drink, table and crowd

रास्वपा अमेरिकाको नव-नियुक्त सल्लाहकार तथा लस एन्जलसका स्थानिय ब्यापारी राजेश पाण्डेको संयोजकत्वमा आयोजित कार्यक्रममा पराजुली बहुतै सालीन र भद्र भएर प्रस्तुत भएका थिए । आफ्ना सभापती रबी लामिछाने जेलमा परेर दुई दुई चोटी एक करोड २५ लाख धरौटीमा रिहा भएको अल्झनलाई उनले कार्यक्रममा प्रसंग नै उठाएनन ।

May be an image of 10 people and text

रास्वपाको उद्धोग तथा वाणिज्य समितिका संयोजक रहेका पराजुली लस एन्जलसका धेरै ब्यापारीका सहपाठी तथा ब्यपारीक साझेदार हुन । लस एन्जलसका बहुसंख्यक ब्यापारीहरु नेपालको पर्यटन नगरी ठमेलका उत्पादन हुन । राजनीति मार्फत सांसद भएपनि पराजुली ठमेलका वर्तमानका ब्यापारी पनि हुन । उनलाई भेट्न ‘म यस्तो, म ठमेलको उस्तो, तपाईं र म साथी, हामी त्यस्तो’ भन्न धेरै पुर्व ठमेलेहरु उपस्थित भएका थिए । तर पराजुली आफ्ना मन्तव्यमा केबल व्यापार तथा प्रादेशिक सफलताका बिषयमा केन्द्रित रहे ।

May be an image of 5 people, people golfing, table and text

प्रश्नोत्तरको क्रममा भने सांसद पराजुलीले वर्तमान सत्ता आफ्ना विगतका तमाम छलछामलाई छोप्न परिवर्तनका लागि लागिपरेका नवशक्तीहरुलाई निस्तेज पार्न पुर्वाग्रहको राजनीतिमा लागेको बताए । रास्वपाले जस्तोसुकै बिघ्न झेलन परे पनि आफुहरु मुलुकको नवनिर्माणको नारा र अभियानमा लागिपर्ने बताए ।

May be an image of 3 people, television, table and crowd

लस एन्जलसका अभिभावक आदरणीय वेदभक्त जोशीको उपस्थितिमा आयोजित कार्यक्रमको संयोजन भने महावाणिज्यदुत ॠषी ढकालदारा गरिएको थियो ।