२०८१ माघ २८ गते | 10th of February 2025

क्यालिफोर्नियाको आगोको सन्तापी रोगमा अमृत बनेका नेपाली युवा

खुल्लामन्च
 प्रकाशित: २०८१ माघ ५ गते २३:२६

लस एन्जलस – प्रशान्त महासागरमा शान्त पानीले आफ्नो प्राकृतिक वेगमा निश्चलताको पहिचान पछ्याईरहेको थियो, सदा झैं । मायावी शहर लस एन्जलसका डांडांहरुमा कहीं हिउं थुप्रिदै थिए भने कही चोसो सिरेटो । भर्खरै सम्पन्न अमेरिकी चुनावबाट राष्ट्रपती चुनिएका डोनाल्ड ट्रम्पको प्रतिपक्षी क्यालिफोर्नियामा सबै कुरा यथावत चल्दै थियो । महंगी, चुंलिदो बेरोजगारी र डाउन मार्केट दैनिकी बने पनि वैभवशाली र धनी क्यालिफोर्निया आफ्नोओ बलिवुताको हावामा वग्दै थियो ।

कारणहरु जे जे भनिए पनि वा शंका जसरी जसलाई गरेपनि सपनाको शहर लस एन्जलसको स्वर्गको एउटा टुक्रा मालिवु विच क्षेत्रमा एकाएक आगो दन्कियो । अरवौं डलरमा महलहरु ध्वस्त भए । त्यसरी नै पुरातात्विक महत्वका संयौं संरचनाहरु खरानीमा परिणत भए । हजारौं ब्यापारिक स्थलहरु कालो बादलमा मिसिन गए । ईजरायल र हमासको युद्द, रसिया युक्रेनको युद्ध समाचारहरु छांयामा परे । जसरी मालिवु विचको आगो समुन्द्र को आगाडी विध्वंश मच्चाईरहेको थियो, त्यसरी नै समुन्द्रको काखको आगो मज्जाले हांस्दै संसारभरका समाचार कारखानाका बिषय बनिरह्यो ।

मालिवु पछी प्रख्यात पासाडेनाको काखमा रहेको अल्टाडेना डांडांमा अर्को आगो सल्कियो । कसले सल्कायो र किन त्यो शंकाको गर्भको बिषय भयो । तर, मालिवु जस्तै यी अग्नी महाराजले पनि उत्पात मच्चाउंदै कलेज, हाईस्कुल, संग्रालय र वस्तीहरु उडाए । विशेषत: नेपालीहरुको वसोवासको ३ देखी ४ माईल, ७ देखी ८ माइल र १० देखी १५ माईल वरपर रहेका वासिन्दाको पनि होस् उड्नु स्वाभाविकै हो । आफ्ना आंखा अगाडी रातीदेखी दनदनी बलेको डांडोको सन्त्रापले दुर्योधनले पान्डवहरु बसेको षणयन्त्ररुपी लाक्षागृह दरवारको आगो जस्तै दनदनीरुप हेर्न सब विवश भए ।

संघीय सरकारको चासो रहेको यो सन्त्रापी सन्त्रासमा लस एन्जलसका सारा सरकारी संयन्त्रहरु सेवक लागि खटे । वैभवमा संसारकै सर्वशक्तिमान ठहरिएको अमेरिका त्यसमाथी धनी राज्य क्यालिफोर्नियाले यो प्राकृतिक प्रकोपको नियन्त्रण र प्रभावितहरुको सेवामा कुनै कसुर बांकी राखेन ।

तहसनहस अवस्थाको आगोको रापले मलिवुउ विच छाडेर अल्टाडेनामा मात्रै करिव २ लाख मान्छेहरुलाई सडकमा ल्यायो । चिसो सिरेटोमा परिवार र कुकुर बिरालो डोर्याउंदै ती मान्छेहरु पासाडेना कन्भेन्सन केन्द्र र रोज बल अन्तरराष्ट्रिय रंगाशालामा सेल्टर लिना वाध्य भए ।

आगो लागेको ३० माईल पर तर एउटा मान्छेको दिल धड्कियो । मनले तन्दुरुस्त, शरीरइक रुपले स्फुर्त मार्शल आर्टका ५ डन ती युवाको मन अविचलित भयो । आफुले संचालन गरेको हिमालयन ग्रिलको गाडी लिएर खल्तीमा रहेको पर्स कोट्याउंदै कस्को कुंदे । ४ बजे रेस्टुरेन्ट खोलेर पकाउन सकिने खाना आफैं पकाए, रेस्टुरेन्टमा बांकी रहेको प्याकिङ्ग् बक्समा खाना प्याअक गरेर लागे पासाडेना सम्मेलन केन्द्र । जहाँं केही घण्टा अगाडी आफ्नै आंखा अगाडी खरानी भएका आफ्नै घरको त्रासदी खेप्दै मान्छेहरु पानी माग्दै थिए ।

समयको पावन्दीको प्रवाह नगरी एउटा युव आँफै जागेर नेपाली मनमा आफुसक्दो खाद्य समग्रेली ट्रक भरेर पहिलोचोटी कुंदेको देख्दा नेपालीका मन प्रफुल्लित भए । पासाडेना सम्मेलन केन्र, रोजबल रंगाशाला र हन्टिङ्टन विच नगरसंग समन्वय गर्दै तीनले सेवाकोसगरमाथाको शीर उंचो पारे भने शान्तीका दुत गौतम बुद्धको सन्देश विश्वभर फैलाए ।

ती पात्र हुन, अमृत महतो । जो अहिले ग्रेटर लस एन्जलसको हरेक दु:ख सुखमा अग्रपंक्तीमा उभिन्छन । खबर पाए सुर्य किरण भन्दा अगाडी उपस्थित हुने महतोको यो उर्जा क्यालिफोर्निया राज्यको अकुत सम्पतीको अगाडी गौण ठहरिएला । तर नेपाली मन लिएर उनले गरेको सेवाको जांगर, साहस र प्रतिवद्धताप्रति नेपाली समाज शायद गौरवान्वित छ ।

सलाम अमृत !