लस एन्जलस – लस एन्जलसको पुरानो संस्था नेपाल अमेरिका एकता समाजको साधारण सभा सम्पन्न भएको छ । श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरको सामुदायिक हलमा हिजो सम्पन्न साधारण सभाले अर्जुन पौडेलको अध्यक्षतामा नयाँं कार्यसमितिको चयन गरेको छ । सन २००८ मा शन्तिराम ढकालको अध्यक्षतामा विधिवत गठन भएको नेपाल अमेरिका एकता समाज ग्रेटर लस एन्जलसमा सकृय सामाजिक संस्थाहरुमाझ एउटा दरिलो सामुदायिक मियोको रुपमा परिचित छ ।
महावाणिज्यदुत ॠषी ढकाल र लस एन्जलस नेपाली समुदायका आदरणीय अभिभावक वेदभक्त जोशीद्दारा संयुक्त रुपमा उद्घाटन गरिएको कार्यक्रममा महावाणिज्यदुत ॠषी ढकाल, अभिभावक वेदभक्त जोशी, श्रीपशुपतिनाथ फाउन्डेशनका अध्यक्ष बिमल श्रेष्ठ, फाउन्डेशनका संस्थापक अध्यक्ष भक्त थापा, नेजाका सदस्य हेमराज बराल, ट्रस्टी समितिका अध्यक्ष एकराज ‘नारायण’ पाण्डे, ट्र्स्ट्रीकै पुर्व अध्यक्ष राजेन्द्र सिवाकोटी, ग्लोबल नेपाली समाज अमेरिकाकी अध्यक्ष ईन्दिरा त्रिपाठी, एनडब्लुजीएन लस एन्जलसकी अध्यक्ष सपना सेढाईं थपालिया लगायतले एकता समाजको साधारण सभाको सफलताका लागि शुभकामना मन्तब्य दिएका थिए ।

नव-निवार्चित कार्यसमिती :
अध्यक्ष : अर्जुन पौडेल
वरिष्ठ उपाध्यक्ष : राजेश निरौला
उपाध्यक्ष : रमेश श्रेष्ठ
महासचिव : अजितबाबु घिमिरे
सचिव : डा. दिलासा न्यौपाने
कोषाध्यक्ष : अमृत महतो
सदस्यहरु :
उत्तम थापा
महेन्द्र मगर
भूमीराज कंडेल
हरिश पौडेल र
लोकराज पडाल ।
समाजका सचिव शम्भु सिवाकोटीले शुरुवात गरेका शत्रको संचालन संस्थाका अध्यक्ष रोशन अधिकारीले गरेका थिए ।

हिमालअन ग्रिल, हन्टिंग्टन विचमा आयोजित नव निर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथी महावाणिज्यदुत ॠषी ढकाल, श्रीपशुपतिनाथ फाउन्डेशनका अध्यक्ष बिमल श्रेष्ठ, फाउन्डेशनका निवर्तमान अध्यक्ष रामेश्वर भन्डारी, एनआरएनकर्मी इन्दिरा त्रिपाठी, हामी नेपालीका ग्लोबल उपाध्यक्ष टेक वाईवा लामा र गोकुल ढकालले आ-आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक लोकनाथ तिमील्सिना, सदस्यहरु हेम ठकुल्ला र ईन्दिरा त्रिपाठी, राजेन्द्र सिवाकोटी, खुल्लामन्च अनलाईन, अग्नी चौलागाईं, रामचन्द्र लामिछानेलाई मायाको चिनो प्रदान गरिएको थियो । एकता समाजका वरिष्ठ उपाध्यक्ष अनिल केसीद्दारा स्वागत गरिएको शपथ ग्रहण कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष रोशन अधिकारीले गरेका थिए ।
शपथ ग्रहण पछीको कार्यक्रमको सभापतित्व नव-निर्वाचित अध्यक्ष अर्जुन पौडेलले गरेका थिए भने कार्यक्रमको संचालन नव-निर्वाचित महासचिव अजितबाबु घिमिरेले गरेका थिए । लस एन्जलसमा रहेका सम्पूर्ण संस्थाहरुसंग हातेमालो गर्दै आफ्नो मन्तव्य दिदैं नव-निर्वाचित अध्यक्ष पौडेलले कार्यक्रमको समापन गरेका थिए ।