सानफ्रान्सिस्को – अमेरिकामा सकृय नेपाली समुदायको संयोजनमा नेपाली दुतावास अमेरिकाले प्रदन गर्दै आएको घुम्ती सेवा शिविरको निरन्तरता स्वरुप सानफ्रान्सिस्को नगरमा सकृय नेपाली सामुदायिक संस्थाहरुको संयोजन र सहयोगमा नेपाली दुतावास अमेरिकाले भोलीदेखी सान्फ्रान्सिस्को शहरमा आफ्नो सेवा शिविर संचालन गर्दैछ । 
माहावाणिज्यदुत ॠषी ढकालको अग्रसरतामा सान फ्रान्सिसकोको सबैभन्दा ठुलो संस्था न्यान्स र एनआरएनए क्यालिफोर्निया च्याप्टरको संयोजन एवम् स्थानिय संघ संस्थाहरुको सकृयतामा हुन लागेको चार दिने यो शिविर यसअघि दुतावासको प्राविधिक पक्षमा आएको समस्याका कारण स्थगित भएको थियो ।
दक्षिणी भेगबाट टाढा रहेको नेपाली दुतावास तर यता बढ्दो नेपाली समुदायको जनसंख्यामा रहने समस्या, दुतावास पुग्न लाग्ने खर्चिलो अवस्था र अव्यवस्थित गन्जागोल दुतावासको हालतले आजित नेपाली समुदाय यसपाली सानफ्रान्सिस्कोमा हुने सेवा शिविरमा १ हजार भन्दा बढी सेवाग्राहीहरु खुशी हुन् न्यान्सका अध्यक्ष प्रितेश कार्कीले बताउनुभयो ।
‘एक हजार जनाको सेवाको व्वस्थामा जुटेका छौं, तर अरु एक हजार जना अझैपनि सेवाबाट वन्चित हुने अवस्था छ, यस्तो चाप छ, सेवाको ।’ , अध्यक्ष कार्कीले खुल्लामन्चलाई बताउनुभयो ।
नेपाली दूतावासले आयोजना गर्ने घुम्ती पासपोर्ट शिविरमा निम्न सुविधाहरू प्रदान गरिनेछ :
– वारेसनामा :
म्याद सकिएको पासपोर्टको नवीकरण।
हराएको वा बिग्रिएको पासपोर्टको पुनः आवेदन।
बालबालिकाका लागि पहिलो पटक पासपोर्ट।
. नागरिकता प्रमाणीकरण :
नेपाली नागरिकता प्रमाणपत्रको आधारमा पासपोर्ट बनाउने सुविधा।
- नाम, जन्ममिति, वा अन्य विवरण संशोधन :
पासपोर्टमा भएका विवरणहरूमा कुनै त्रुटि भएमा त्यसलाई सच्याउन सकिने।
- डिजिटल फोटो र बायोमेट्रिक डेटा संकलन :
नयाँ पासपोर्टका लागि आवश्यक फोटो खिच्ने र औंठाछाप संकलन गर्ने।
पासपोर्ट सम्बन्धी प्रश्नहरूको जवाफ दिने।
आवेदन प्रक्रियामा सहायता प्रदान गर्ने।
फारम र प्रमाणपत्रहरू पूर्ण भएको सुनिश्चित गराउने।
. विशेष प्राथमिकता :
जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, र अशक्त व्यक्तिहरूलाई प्राथमिकता।
पुनष्च : पासपोर्टका लागि भरिएको फाराम बाहेक वाकिङ्ग सेवा चाँही अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको महावाणिज्यदुत ॠषी ढकालले जानकारी दिनुभएको छ ।
शिविरमा सहभागी हुन आवश्यक कागजातहरू, शुल्क, र आवेदन प्रक्रियाबारे विस्तृत जानकारी नेपाली दूतावासको आधिकारिक वेबसाइट वा सूचना जारी गरिएको माध्यमबाट प्राप्त गर्न सकिन्छ।

नेपाली दुतावासका कार्यवाहक राजादुत शरदराज आर्यनको प्रत्यक्ष उपस्थितिमा महावाणिज्यदुत ॠषी ढकाल, दुतावासका कर्मचारीहरुको उपस्थितिमा मिनी दुतावास नै स्थापना हुने सानफ्रान्सिस्कोको सेवा शिविरबाट आवश्यक सुविधा ग्रहन गर्न महावाणिज्यदुत ढकालले अनुरोध गर्नुभएको छ ।
भोली २२ तारिखदेखी २६ तारिख सम्म संचलान हुने शिविरमा धेरै नेपालीहरुले सुविधा लिने अपेक्षा गरिएको छ ।