२०८१ चैत ११ गते | 25th of March 2025

१,५०६ जना सान फ्रान्सिस्को कन्सुलर सेवा शिविरबाट लाभान्वित

खुल्लामन्च
 प्रकाशित: २०८१ माघ १७ गते १८:१३

सान फ्रान्सिस्को – नेपाली दुतावास अमेरिकाले मिनी दुतावास उपस्थितीको रुपमा सान फ्रान्सिस्कोमा आयोजना गरेको सेवा शिविरमा १,५०६ सेवाग्राहीहरूले कन्सुलर सेवा प्राप्त गरेका छन । यो महत्त्वपूर्ण सेवाको संयोजन गर्नुभएका नेपाल सरकारका महामहिम शरद राज अरन, क्यालिफ्रोर्निया राज्यका नेपाली महावाणिज्यदुत ॠषी ढकाल, संयुक्त राज्य अमेरिकाका लागि नेपाली दूतावासका कार्यवाहक प्रमुख, साथै यो कार्यक्रम सफल बनाउन अहोरात्र खटिनुभएका दूतावासका कर्मचारीहरू ई. युगराज पाण्डे, तेस्रो सचिव सोना थदाराई, बालकृष्ण भण्डारी र रामजी दाहाल नेपाली समुदया क्यालिफोर्नियाको हृदयबाट धन्यवादका बिशेष पात्रहरु भएका छन । उहाँहरूकै अथक परिश्रम, समर्पण, र सेवाभावका कारण नेपाली समुदायले सहज रूपमा दूतावासका विविध सेवा प्राप्त गर्न सफल भएका छन् ।May be an image of 5 people, people smiling and text

सान फ्रान्सिस्कोमा आयोजित यसपालीको कन्सुलर सेवा शिविरमा पासपोर्ट नविकरण तथा अन्य महत्त्वपूर्ण कन्सुलर सेवा प्रदान गरिएको महावाण्ज्यदुत ॠषी ढकालले बताउनुभयो । जसबाट सम्भवत: यस्तो सेवा शिविरबाट अहिले सम्मकै सबैभन्दा बढी कुल १,५०६ जना नेपाली सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।May be an image of 6 people and text

अत्योपयोगी यो कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग पुर्याउन सान फ्रान्सिस्कोको सबैभन्दा ठुलो सामुदायिक संस्था नेपाली अमेरिकन नेशनल को-अर्डिनेसन काउन्सिल (NANC), गैरआवासीय नेपाली संघ (NRNA) क्यालिफोर्निया च्याप्टर, नेपाली जनसम्पर्क समिती, क्यालिफोर्निया च्याप्टर तथा अन्य स्थानीय नेपाली संघसंस्था, पत्रकार, सामाजिक अभियन्ता, सामुदायिक नेता, स्वयंसेवक, तथा सबै सहयोगी मनहरू धन्यवादका पात्र रहेका छन ।May be an image of 11 people and people studying

अत्योपयोगी यो कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग पुर्याउन सान फ्रान्सिस्कोको सबैभन्दा ठुलो सामुदायिक संस्था नेपाली अमेरिकन नेशनल को-अर्डिनेसन काउन्सिल (NANC), गैरआवासीय नेपाली संघ (NRNA) क्यालिफोर्निया च्याप्टर, नेपाली जनसम्पर्क समिती, क्यालिफोर्निया च्याप्टर तथा अन्य स्थानीय नेपाली संघसंस्था, पत्रकार, सामाजिक अभियन्ता, सामुदायिक नेता, स्वयंसेवक, तथा सबै सहयोगी मनहरू धन्यवादका पात्र रहेका छन ।May be an image of 9 people, lighting and text

सामुदायिक नेपाली मनहरुको समर्पण, सहयोग, र सहभागिताले नेपाली समुदायलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्न सफल भएको यो ऐतिहासिक कार्यक्रममा हर तरहबाट सामिल रहनुभएका दुतावास, सामुदायिक संस्था र अन्य त्यहाँ र तप्का एवम सम्पूर्ण सहयोगी हातहरूलाई यो कार्यक्रमको विशेष संयोजन गर्नुभएका महावाणिज्यदुत ढकालले हार्दिक आभार प्रकट गर्नुभएको छ ।May be an image of 7 people, people studying and text