लस एन्जलस – लस एन्जलस च्याप्टरको अध्यक्षमा सन्जु सापकोटा चुनिएकी छन । निवर्तमान अध्यक्ष सपना सेढाई थपालिया पछि सापकोटा यस संस्थाकी लस एन्जल्स च्याप्टर अध्यक्ष भएकी छन । एनआरएनको सरगर्मी रहेको बखत कुनै गोर्खालीको चाहनाले ठुला उदेश्य सहित गठित यो संस्था एनारएनको रौनकता सेलाएसंगै आँफैं हराउंदै गएको छ । बधाईका पात्र लस एन्जलसका महिला डिदी बहिनीहरु हुन कि जसले यो संस्थाको प्राणसम्म बचाएका छन ।
Nepali Women’s Global Network (NWGN) क्यालिफोर्निया अध्याय एक महिलाहरूद्वारा सञ्चालित गैर-नाफामूलक संस्था भनेर यसको उद्देश्य नेपाली महिलाहरूको विकासलाई सशक्त बनाउनु हो भनिए पनि यो एउटा निश्चित ब्यक्तिको महत्वाकांक्षाले निर्माण भएको संस्था हो । यो अहिले सम्भवत: क्यालिफोर्निया राज्य बाहेक अन्त गठित छैन । क्यालिफोर्नियामै बसोबास गर्ने गोर्खालीद्दारा निर्मित संस्था अमेरिकाको गोर्खा क्यालिफोर्नियामा मात्रै सिमित छ ।
यस संस्थाका मुख्य उद्देश्यहरू यसको वेब साईटमा निम्न लिखित छन :
नेपाली महिलाहरूको लागि एक वैश्विक सञ्जाल (network) निर्माण गर्नु।
समान लक्ष्य भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्नु।
नेपाली महिलाहरूको हकहितको वकालत (advocacy) गर्नु।
नेतृत्व विकास (leadership training) तथा नागरिक संलग्नता (civic involvement) प्रवर्द्धन गर्नु।
संकटमा परेका महिलाहरूलाई परामर्श (consultation) तथा सहयोग प्रदान गर्नु।
संपर्क जानकारी:
NWGN क्यालिफोर्निया सान फ्रान्सिस्कोमा आधारित छ।
थप जानकारीका लागि, तपाईँ NWGN क्यालिफोर्नियाको वेबसाइट nwgnca.org मा जान सक्नुहुन्छ वा [email protected] मा सम्पर्क गर्न सक्नुहुन्छ।

माथी राखिएको चित्र यो संस्थाको अधिकारिक वेव साईटमा उल्लेखित अफिसिअल फिजिगल ठेगाना हो । नेपाली महिलाको ग्लोबल संस्थाको कार्यालय कुनै गोर्खालीको घर हो यो । र पनि भन्नुपर्छ, जुन उदेश्यले यो संस्था ? गठन भए पन लस एन्जल्सका महिलाले यसको प्राण भने धानेका छन ।
लस एन्जल्समा आयोजना हुने कार्यक्रमहरुमा महिला प्रतिनिधित्वको लागि झट्ट सम्झने नाममा यो संस्थाको अध्यक्षको नाम भने खोजिने गरिएको छ ।
सापकोटाजीलाई बधाई ।