२०८१ चैत ११ गते | 25th of March 2025

नेपाल अमेरिका एकता समाज र ८८४८ इन्टरटेनमेन्ट एल.ए. को आयोजनामा अन्तरक्रिया कार्यक्रम हुने

खुल्लामन्च
 प्रकाशित: २०८१ फागुन १५ गते २१:१८

लस एन्जलस – नेपाली समुदाय लस एन्जलसमा रहेका कानुनी, वित्तीय र रियल्टरमा रहेका जिज्ञासाहरुलाई निरुपण गराउने हेतुले जानकारी प्रदान गरिने रुपमा नेपाल अमेरिका एकता समाज र ८८४८ इन्टरटेनमेन्ट एल.ए. को संयुक्त आयोजनामा आउँदो मार्च २ तारिखका दिन अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ।

लस एन्जलसस्थित श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरमा सम्पन्न हुने कार्यक्रममा नेपाली समुदायलाई प्रभाव पार्ने विविध विषयमाथि छलफल गरिने जनाईएको छ । कार्यक्रममा अधिवक्ता यज्ञ नेपाल, एबीएसई ट्याक्सका सीईओ राजेन्द्र शिवाकोटी तथा रियल्टर-इञ्जिनियर रिशव पौडेलसँग विशेष अन्तरक्रिया गरिनेछ ।

नेपाल अमेरिका एकता समाजका अध्यक्ष अर्जुन पौडेलका अनुसार, नेपालीहरूलाई प्रत्यक्ष रूपमा असर गर्ने विभिन्न कानूनी, वित्तीय तथा घरजग्गासम्बन्धी विषयहरूमा खुला छलफल गरिनेछ । नेपाली समुदायले भोग्दै आएका समस्याहरूका समाधान खोज्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको पौडेलले बताए ।

यस महत्त्वपूर्ण अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुन आयोजक संस्थाले नेपाली समुदायलाई खुला निमन्त्रणा गरेको छ । उपस्थित सबैले आफ्ना जिज्ञासा राख्न सक्नेछन् र विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउनेछन्। समुदायका लागि उपयोगी तथा जानकारीमूलक हुने यो कार्यक्रमले सहभागीहरूलाई कानूनी तथा वित्तीय मामिलामा सहजीकरण गर्ने अपेक्षा गरिएको ८८४८ ईन्टरटेन्टमेन्टका अमृत महतोले जनाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *