२०८१ चैत ११ गते | 25th of March 2025

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लस एन्जलसमा कार्यक्रम आयोजना हुँदै

खुल्लामन्च
 प्रकाशित: २०८१ फागुन १७ गते १८:३५

लस एन्जलस, क्यालिफोर्निया – नेपाली महिला विश्व सञ्जाल, लस एन्जलस च्याप्टरले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। मार्च ९ तारिख, आइतबार साँझ ६ बजेबाट सुरु हुने यो कार्यक्रम आर्टेसियाको 11507 187th Street, Artesia, CA 90701 मा आयोजना हुनेछ। आयोजकका अनुसार यो कार्यक्रम महिलाको सशक्तीकरण, आपसी भाईचाराको प्रवर्द्धन तथा सांस्कृतिक प्रस्तुतिमा केन्द्रित रहने जनाईएको छ ।

हरेक वर्ष मार्च ८ तारिखमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस महिलाका अधिकार, समानता र सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वभर विभिन्न कार्यक्रम गरी मनाइन्छ। नेपाली महिला विश्व सञ्जालले पनि यो अवसरलाई विशेष बनाउँदै महिलाहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो। सम्पूर्ण लस एन्जलस तथा वरपरका नेपाली समुदायलाई यस विशेष कार्यक्रममा सहभागिता जनाउन आयोजकले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *