२०८२ वैशाख १७ गते | 30th of April 2025

“नागरिकता खोई” अभियान कार्यक्रम भोली लस एन्जलसको पशुपती तथा बुद्ध मन्दिरमा

खुल्लामन्च
 प्रकाशित: २०८१ चैत ८ गते २३:४४

लस एन्जलस –  भोली March 23, Sunday 2025 का दिन Shree Pashupatinath and Buddha Mandir, Norwalk, California मा ‘नागरिकता खोई’ अभियान कार्यक्रम आयोजना गरिदैंछ । गैरआवासीय नेपालीहरूलाई नेपालसँग जोड्ने अभियानलाई प्रवर्द्धन गर्न अभियानका संयोजक बासुदेव घिमिरे लस एन्जलसमा उपस्थित छन । लस एन्जलसलाई लामो समयदेखी कर्मथलो बनाएका घिमिरे हाल नेपालमा ब्यवसाय र यो अभियानमा सकृय छन ।

वंशजका लागि नेपाली नागरिकताको निरन्तरताका बारेमा नेपाल र प्रवासमा छलफल चलाएका घिमिरेले अमेरिकाका बिभिन्न शहरहरुमा अन्तर्कृया सम्पन्न गरेका छन । गैरआवासीय नेपालीहरूको हक र पहिचानबारे जानकारी आदान-प्रदान गर्ने हेतुले भोली यो कार्यक्रमको आयोजना गरिदैंछ ।

नागरिकता खोई अभियान, एनआरएनए क्यालिफोर्निया च्याप्टर, तथा सम्पूर्ण संघसंस्था एवं तह-एजन्सीहरूको संयुक्त पहलमा यो कार्यक्रम आयोजना गरिँदैछ। यस अभियानले गैरआवासीय नेपालीका लागि नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्ने महत्त्वपूर्ण बहस ल्याउने अपेक्षा गरिएको छ।

🔹समय: दिउँसो २:३० बजे
🔹स्थान: Shree Pashupatinath and Buddha Mandir, 10843 Kenney St, Norwalk, CA 90650

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *