२०८२ वैशाख १७ गते | 30th of April 2025

एकता समाजद्दारा सामुदायिक अन्तर्कृया कार्यक्रमको आयोजना

खुल्लामन्च
 प्रकाशित: २०८१ चैत १५ गते २३:१८

लस एन्जलस –  नेपाल अमेरिका एकता समाजको आयोजना तथा ८८४८ इन्टरटेनमेन्ट एलए को सह-आयोजनामा आगामी मार्च ३०, २०२५, आइतबार साँझ ८ बजे हन्टिङ्टन बीच, क्यालिफोर्नियास्थित हिमालयन ग्रिलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ। नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरू सहितको यस कार्यक्रमले प्रवासी नेपालीहरूसँग विचार-विमर्श गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

कार्यक्रममा वक्ताका रूपमा क्यालिफोर्नियाका मानार्थ महावाणिज्यदूत ऋषी ढकाल, इमिग्रेशन अधिवक्ता बासु फुलारा र खसोखासका प्रधान सम्पादक किशोर पन्थीको उपस्थिति रहनेछ। अतिथी व्यक्तित्वहरूले आफ्नो अनुभव र ज्ञान नेपाली समुदायसँग साझा गर्नेछन्। इमिग्रेशनसम्बन्धी महत्त्वपूर्ण जानकारी, सञ्चारमाध्यमको भूमिकाबारे छलफल, र प्रवासी नेपाली समुदायले सामना गरिरहेका विभिन्न चुनौतीबारे अन्तरक्रिया कार्यक्रमको प्रमुख आकर्षण हुने एकता समाजका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।

अमेरिकामा रहेका नेपाली समुदायका लागि यस प्रकारका कार्यक्रमहरूले सामाजिक सद्भाव बढाउनुका साथै आपसी समझदारीलाई सुदृढ गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ। समुदायका व्यक्तिहरूले आफ्ना जिज्ञासा र समस्या राख्न सक्ने यस कार्यक्रममा सहभागी भई लाभ उठाउन सबैलाई आग्रह गरिएको छ।

कार्यक्रमबारे थप जानकारी वा सहभागिताका लागि अर्जुन पौडेल (६२६-३२१-१४६९), अमृत महतो (६२६-३२८-५१९१), तथा अजित घिमिरे (५६२-२०७-८९५२) लाई सम्पर्क गर्न सकिनेछ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *