२०८२ जेठ ७ गते | 20th of May 2025

साहित्यकार डा. नवराज लम्साल लस एन्जलसमा

खुल्लामन्च
 प्रकाशित: २०८२ वैशाख १८ गते २०:०१

लस एन्जलस – डा. नवराज लम्साल नेपाली साहित्य र पत्रकारिताको उज्यालो नक्षत्र, जसका शब्दहरू केवल अक्षर होइनन्, ती भावना हुन्, जुन पाठकको मनमा गहिरो छाप पार्छन्। उनले नेपाली भाषा साहित्यको सेवा मात्र गरेनन्, त्यसमा आत्मा भरिदिए ।

उनका रचनाहरुले कहिले देशप्रेम झल्काउँछन्, कहिले आमाको माया सम्झाइदिन्छन्, त कहिले जीवनका विडम्बनाहरूमा आँखाभरि आँसु ल्याइदिन्छन् । शान्त उनको वचन र शब्दहरू उचाइमा पुग्ने चिच्याहटजस्तै छन् – न्यायका पक्षमा, सत्यका पक्षमा । डा. लम्सालको व्यक्तित्व त्यस्तो छ, जसले सहृदयता, अध्ययनशीलता, र देशप्रेमको पराकाष्ठा झल्काउँछ। पत्रकारिता होस् वा साहित्य – जुन मन उनले रोजे, त्यो जनमन्च बन्यो । साहित्य सशक्तिकरणको खुल्लामन्च बन्यो । त्यो सधैं जनताको आवाज बोल्ने ठाउँ बन्यो ।

डा. नवराज लम्साल नेपाली साहित्यमा कवि, लेखक, र संचारकर्मीका रूपमा प्रसिद्ध छन्। उनले कविता, गजल, गीत, रेडियो नाटक, र विभिन्न साहित्यिक रचनाहरूमार्फत नेपाली भाषाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन । रेडियो नेपालमा उनको आवाज सुन्न मान्छेहरु भान्छा त्याग्थे ।

उनै डा. लम्साल आफ्नो अमेरिका यात्रााको क्रममा आगामी शनिवार लस एन्जलसमा उत्रदैं छन । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (INLS) लस एञ्जलस च्याप्टरले साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ। “साहित्यिक भेटघाट with Dr. Naba Raj Lamsal” शीर्षकमा हुने यस कार्यक्रम शनिवार, मे ३ तारिख २०२५, साँझ ७ बजे देखि Shree Pashupatinath and Buddha Mandir, Norwalk, CA मा आयोजना गरिनेछ।

नेपाल अमेरिका एकता समाज र 8848 Entertainment LA को सहकार्यमा सम्पन्न हुने यो कार्यक्रममा प्रमुख अतिथिका रूपमा चर्चित साहित्यकार, कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साल उपस्थित रहनेछन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *