लस एन्जलस – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), लस एन्जलस च्याप्टरको नयाँ कार्यसमिति चयन भएको छ।
नवीन नेतृत्वमा मोहन न्यौरे शर्मा अध्यक्ष पदमा चयन भएका छन्।
शर्मासंगै निम्न पदाधिकारीहरूको टिम कार्यसमितिमा रहेका छन् :
सुशिला पाण्डे न्यौपाने – वरिष्ठ उपाध्यक्ष
चूडामणि पाठक – उपाध्यक्ष
केशरी श्रेष्ठ – सचिव
शारदा श्रेष्ठ – कोषाध्यक्ष
खेमलाल अधिकारी – सदस्य
मिलन न्यौपाने – सदस्य
कार्यसमितिको तर्फबाट साहित्य, भाषा, र संस्कृति प्रवर्द्धनमा प्रतिबद्ध रहने तथा समुदायभित्र नेपाली साहित्यिक चेतना फैलाउने उद्देश्य दोहोर्याइएको छ। नयाँ कार्यसमितिलाई अनेसास केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्ले, महासचिव राजु सिटौला, तथा सम्पूर्ण केन्द्रिय कार्यसमिति परिवारले हार्दिक शुभकामना व्यक्त गरेका छन्।
अनेसास लस एञ्जलस च्याप्टरले विगतमा पनि नेपाली साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।