२०८२ पुष २७ गते | 11th of January 2026

श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरद्वारा २५६९औं बुद्ध जयन्ती भव्य रुपमा मनाइने

खुल्लामन्च
 प्रकाशित: २०८२ वैशाख २४ गते २२:११

नर्वाक, क्यालिफोर्निया – श्री पशुपतिनाथ फाउन्डेसन, यूएसएले आगामी आइतबार, मे ११, २०२५ मा २५६९औं बुद्ध जयन्ती विशेष कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ।

“भगवान बुद्ध र उहाँका शिक्षालाई सम्झन” आयोजित उक्त कार्यक्रम बिहान १०:०० बजेबाट १२:३० बजेसम्म संचालन हुनेछ। कार्यक्रममा सहभागी सबैलाई प्रसादको व्यवस्था गरिएको छ भने, सहभागिताका लागि दान स्वागतयोग्य रहेको आयोजकले जनाएका छन्।

कार्यक्रम स्थल:
श्री पशुपतिनाथ फाउन्डेसन, यूएसए
१०८४३ केनी स्ट्रिट, नर्वाक, क्यालिफोर्निया ९०६५०

आयोजकले पार्किङको व्यवस्था सीमित रहेकोले कारपुल गरेर आउन आग्रह गरेका छन्। यस कार्यक्रममा भगवान बुद्धको जीवन दर्शन, शिक्षाको स्मरण तथा आत्मिक शान्तिका सन्देशहरू प्रस्तुत गरिनेछ।

अधिक जानकारीको लागि:
📧 [email protected]
📞 562-864-7600
🌐 facebook.com/SPFULA

Leave a Reply

Your email address will not be published. Required fields are marked *