२०८२ असार ९ गते | 23rd of June 2025

नेजस साउदर्न क्यालिफोर्निया च्याप्टरको बनभोज तयारी तिव्र, बिभिन्न समितिहरु गठन

खुल्लामन्च
 प्रकाशित: २०८२ वैशाख २९ गते २०:२५

लस एन्जलस – लस एन्जलस नेपाली समुदायको सबैभन्दा ठुलो सामुदायिक भेट ‘नेजस साउदर्न क्यालिफोर्निया बनभोज’ को तयारी तिब्र गतिमा अघी बढेको छ । आगामी जुन महिनाको ८ तारिख, आईतवार सम्पन्न हुने बनभोजको लागि छलफल गर्न बसेको बैठकमा संयोजक राजेश निरौलाले बनभोज कार्यक्रमलाई भब्य र उल्लासमाया बनाउन बिभिन्न समितिहरु गठन गरेका छन ।

बनभोज ब्यवस्थापन ढुवानी यातायात सुविधाका लागि डिल्ली थापाले साधन उपलब्ध गराउने जनाएका छन । बनभोज कार्यक्रमका लागि आबश्यक सामानहरु खरिद जिम्मेवारी बिरबल बुढाथोकी र जोसेफ घलेले लिनेछन । बनभोज खाजा तथा खाना तयारी र ब्यवस्थापनका लागि नविन पोखरेलको संयोजनमा सुर्य प्रसाईं, मोहल ओली, उज्ज्वल थपालिया, कबिन्द्र पन्त, उपेन्द्र सापकोटा, डिल्ली थापा, पदम थापा, अनिल ओली, प्रविन घिमिरे, अजित घिमिरे, माधव पाण्डे, सुदर्शन ओली, अमृत महतो, अनिल केसी, बीरबल बुढाथोकी, राजेश निरौला, महेन्द्र मगर र गोकुल ढकालले सहयोग गर्ने निर्णय गरिएको छ ।

कार्यक्रममा पाल्नुहुने पाहुनाको स्वागत सत्कारका लागि नेजस साउदर्न क्यालिफोर्नियाका सभापती मदन पाठकको संयोजनमा अर्जुन पौडेल, राजेश निरौला, डिल्ली थापा, नबिन पोखरेल, गोकुल ढकाल, लोकनाथ तिमील्सिना, रोशन अधिकारी, बाश बिसु र योगेन्द्र बिमलीलाई आ-आफ्नो भूमिका निर्वाह गर्न जिमेवारी दिईएको छ ।

बनभोज कार्यक्रमको अघिल्लो सांझ आयोजना हुने ‘स्वागत कार्यक्रम तथा रात्रीभोज’ को सौजन्य राजेश पाण्डे र राजेश निरौलाले गर्ने जनाईएको छ ।

बनभोजलाई पारिवारीक र मनोरन्जनात्मक बनाउन अमृत महतोको संयोजकत्वमा बास बिसु, उत्तमजंग थापा, बिबेक श्रेष्ठ, कन्हैया श्रेष्ठ, जाकोब घले, भुमी कंडेल, निरोज महतो, कृष्ण केसी, बीरबल बुढाथोकी र योगेन्द्र बिमलीलाई जिम्मेवारी दिईएको छ ।

यो बिशाल बनभोजको प्रचार सामग्री, ब्यानर र अन्य छपाईको जिम्मेवारी Everest Banner रमेश श्रेष्ठलाई दिईएको छ ।

बनभोज कार्यक्रमको मिडिया क्याम्पेन र प्रचार प्रसारको लागि गोकुल ढकाललाई संयोजक तोकिएको छ । बनभोज कार्यक्रमको आधिकरिक मिडिया पार्ट्नर KhullaManch.Com लाई तोकिएको छ ।

कार्यक्रम चुस्त र दुरुस्त बनाउन स्वयंसेवी परिचालनको लागि नबिन पोखरेलको संयोजनमा अनिल ओली, मोहन ओली, अमृत महतो, सुर्य प्रसाई, लोकनाथ तिमील्सिना र उत्तमजंग थापालाई जिम्मेवारी दिईएको छ । समितिले युवा तथा नयाँं पुस्ताका भाई-बहिनी समेटेर स्वयंसेवक समुह बनाउने छ भने युवा पुस्तालाई कार्यक्रममा समावेश गरेर उर्जा प्रदान गर्न बास बिसुलाई कम्युनिटी लिडरको जिम्मेवारी दिईएको छ ।

लस एन्जलस नेपाली समुदायको यो सबैभन्दा ठुलो भेलालाई सफल बनाउन नेपाली जनसमपर्क समिती, साउदर्न क्यालिफिर्नियाका सभापती मदन पाठकले ग्रेटर लस एन्जलसमा सकृय सम्पूर्ण सामुदायिक संस्था, तिनका प्रमुखहरु र पदाधिकारीहरुसंग अर्को छलफल गरी कार्यक्रमलाई सफल बनाउन सल्लाह गरेर एकताका साथ अघी बढ्ने बताएका छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *