२०८२ असार ९ गते | 23rd of June 2025

नेजाको अध्यक्षमा सुरज भण्डारी पून: सर्वसम्मत निर्वाचित

खुल्लामन्च
 प्रकाशित: २०८२ वैशाख २९ गते २०:५५

लस भेगस – लस भेगसमा हिजो सम्पन्न नेपाल अमेरिकी पत्रकार संघ (नेजा) को नवौं सम्मेलनमा सुरज भण्डारी पुनः अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। महाधिवेशनले भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । अध्यक्षका प्रत्यासीद्वय निवर्तमान उपाध्यक्ष सुजन पन्डित र निवर्तमान महासचिव बाबुराम दाहालले अन्तिम समयमा निवर्तमान हुन लागेका भन्डारीले अर्को कार्यकाल दोहोर्याउने सहमतीमा भन्डारी सर्वसम्मत निर्वाचित भएका छन ।

नव-निर्वाचित कार्यसमितिमा कल्पना घिमिरे – उपाध्यक्ष, ईश्वरी न्यौपाने – महासचिव, शंकरबहादुर थापा – सचिव र झरना अधिकारी कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रीय संयोजकहरूमा शान्तिराज राई (उत्तरपूर्व), दिपक दाहाल (पश्चिम), ओम आचार्य (मध्य) र सृजना काफ्ले (डिसी मेट्रो) चयन भएका छन्।

कार्यसमिति सदस्यहरूमा निवर्तमान उपाध्यक्ष सुजन पण्डित, निवर्तमान महासचिव बाबुराम दाहाल, डा. डोल्मा लामा, यसोदा तिमल्सिना, राजकुमार तामाङ (गोले),  जानु पंगेनी, दिपेन्द्र खड्का, डिल्लीबहादुर राउत निर्वाचित भएका छन् ।

संस्थापक अध्यक्ष गिरीश पोखरेलको संयोजकत्वमा रहेको चार सदस्यीय निर्वाचन समितिले निर्वाचन गराएको थियो । निर्वाचन समितिको सदस्यहरुमा मोहनसिङलामा, रामेश्वर भण्डारी र गोपाल गड्तौला रहेका थिए।IMG_6932.jpeg

नवौं सम्मेलनकै अवसरमा नेजाले एनआरएनएसँगको सहकार्यमा दुईजना पत्रकारलाई ‘पत्रकारिता सम्मान’ प्रदान गरेको छ। सम्मानित हुनेमा नेजाका पूर्व अध्यक्ष तथा सल्लाहकार आङछिरिङ शेर्पा र पूर्व महासचिव किरण मरहट्ठा छन्। दुबैलाई जनही १,००० अमेरिकी डलर सहित सम्मान गरिएको हो।

यो सम्मान नारायण पुरीको संयोजकत्वमा रहेको पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिशमा प्रदान गरिएको हो। समितिमा नेजाका पूर्व उपाध्यक्ष मच्छेदेवी गुरुङ, कोषाध्यक्ष जानु पंगेनी तथा एनआरएनएका सरु शर्मा र रीतादेवी प्रधान सदस्य थिए।

त्यसैगरी, “नेजा सामुदायिक पत्रकारिता पुरस्कार” खसोखास डटकमका प्रधान सम्पादक किशोर पन्थी र हिमालय खबर डटकमका रामचन्द्र भट्टलाई संयुक्त रूपमा प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि पनि १,००० अमेरिकी डलर रहेको छ।

नवौं सम्मेलनको उद्घाटन नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारीले अधिवेशनको कन्भेनरको भूमिका निर्वाह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *