२०८२ असार ९ गते | 23rd of June 2025

अर्थविद् डा. विश्वनाथ पौडेल गभर्नर  नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०८२ जेठ ७ गते १६:०९

काठमाडौ-  लामाे प्रयास पछि सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नर  नियुक्त गरेको छ । मंगलवार प्रधानमन्त्री निवास वालुवाटारमा वसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. विश्वनाथ पौडेललाई गभर्नर  नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीलाई जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग उनले भने ,“माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय भएको छ ।”

सिफारिस समितिले डा विश्वनाथ पौडेल, राष्ट्र बैङ्कका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्व सचिव डा दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय भएको उनले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *