काठमाडौं – गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीतिक जीवनमा एउटामात्रै पनि आर्थिक अनियमितताकाे प्रमाणित भए राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको घटनामा आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचारबाजी भइरहेको पनि बताए ।शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री लेखकले भने, ‘मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदी एउटामात्रै पनि आर्थिक अनियमितता प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु ।’ ‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषयमात्रै होइन,’ उनले भने ।
उनले यसबारे थप प्रष्ट पार्नका लागि आगामी १३ गते प्रतिनिधिसभामा समय लिइसकेको र थप त्यही बेलामा बताउने पनि जानकारी गराए ।