२०८२ असार ९ गते | 23rd of June 2025

हार्भर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक

खुल्लामन्च
 प्रकाशित: २०८२ जेठ ११ गते १४:२२

काठमाडौं – ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । जसले ट्रम्प प्रशासन र अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयबीचको द्वन्द्वलाई झनै चर्काएको छ । ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अनुमति खारेज गरेको छ । सरकारका नीतिगत कुरा कार्यान्वयन गर्न नमानेका कारण उक्त प्रतिष्ठित संस्थालाई कडा कारवाहि स्वरुप सो निर्णय गरेको हो ।

यो निर्णयसँगै हार्भर्ड विश्वविद्यालयले अब विदेशी विद्यार्थी भर्ना गर्न सक्दैन र हाल अध्ययनरत विदेशी विद्यार्थीहरूले अन्यत्र सर्नु वा आफ्नो कानुनी हैसियत गुमाउनु पर्ने अमेरिकी गृह सुरक्षा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हार्भर्ड र ट्रम्प प्रशासनबीच महिनौँदेखि द्वन्द्व चलिरहेको छ । ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी गतिविधिहरूको अन्त्य गर्न र त्यसलाई सम्बोधन गर्न क्याम्पसको कार्यक्रम, नीति, नियुक्ति र भर्ना प्रणालीमा परिवर्तन गर्न माग गर्दै आएको छ । प्राध्यापकहरूले भने विदेशी विद्यार्थीहरूको सामूहिक पलायनले विश्वविद्यालयको शैक्षिक स्तरमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसले विदेशी विद्यार्थी भर्ना गर्नु अधिकार होइन, विशेषाधिकार भन्दै यस संस्थालाई अहिले राष्ट्रविरोधी, यहूदी विरोधी र आतंकवादी समर्थक आन्दोलनकारीहरूको थलोमा रूपान्तरण गरेको आरोप संस्थाका नेतृत्वमाथि लगाएको छ । प्रशासनले विश्वविद्यालयमा अपनाइएका जातीयता, समावेशिता र समानताको नाममा चलाइएका जातिवादी अभ्यासहरू हटाउन पनि दबाव दिइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *