२०८२ असार ९ गते | 23rd of June 2025

गृहमन्त्रीमाथि लागेको आरोप मिथ्या भएकाे कांग्रेस एमालेकाे निष्कर्ष

खुल्लामन्च
 प्रकाशित: २०८२ जेठ १२ गते १४:४४

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस र एमालेका शीर्ष नेताले राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकलाई भ्रष्टाचारसँग जोडेर अनावश्यक उछालेको निष्कर्ष निकालेको छ । बालुवाटारमा कांग्रेस र एमालेका केही मन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा पनि पुगेका थिए । छलफलमा गृहमन्त्रीमाथि लागेको आरोप मिथ्या भएको निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।उनका अनुसार आइतबारको छलफल विशेषगरी बजेटसँग सम्बन्धित थियो । तर गृहमन्त्री रमेश लेखक पनि उपस्थित भएकाले अध्यागमनका सम्बन्धमा पछिल्लोपल्ट आएका विषयमा पनि समीक्षा भएको ती नेताले जानकारी गराए ।

गृहमन्त्रीको संलग्नताका सम्बन्धमा रास्वपाले अनावश्यक उछाल्ने काम गरेको बैठकले  निष्कर्ष छ,” ती नेताले भने, “उहाँको केही छँदै छैन । कर्मचारीलाई समातेका कारण गृहमन्त्रीले राजीनामा दिने भन्ने कुरा कहाँबाट आउँछ ? रवि लामिछानेको उदाहरण दिएर नौटंकी गर्ने ?”उनले एउटा कर्मचारीले बदमासी गर्दा विभागीय मन्त्रीले राजीनामा दिन नहुने निष्कर्ष निकालिएको दाबी गरे ।

बैठकमा गृहमन्त्री लेखकले १३ गते बोलाइएको प्रतिनिधिसभामा आफ्ना धारणा राख्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *