२०८२ असार ९ गते | 23rd of June 2025

जेठ १५ मा एमालेले देशव्यापी उत्सव मनाउने

खुल्लामन्च
 प्रकाशित: २०८२ जेठ १२ गते १६:०५

काठमाडौ – नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका मनाउने निर्णय गरेको छ ।  नेकपा एमाले केन्द्रीय सचिवालयको आज  बसेको बैठकले गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने निष्कर्षसहित गणतन्त्र स्थापनाको दिनलाई उत्सवका रुपमा मनाउन आम समुदायमा आह्वान गर्ने निर्णय गरेको पार्टीका महासचिव शङ्कर पोखरेलले बताए ।

महासचिव पोखरेलले बैठकले दिवसका अवसरमा देशभर पार्टी कमिटी र पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको जानकारी दिएका छन ।

यस्तै, गणतन्त्र दिवसलाई जनताको अधिकार रक्षा भएको ऐतिहासिक उपलब्धिका रुपमा सबल र सुदृढ बनाउन नेकपा एमालेको जोड रहेको उल्लेख गर्नुहुँदै महासचिव पोखरेलले गणतन्त्रको विरुद्धमा हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्ने पार्टीको निष्कर्ष रहेको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *