लस एन्जलस – नेजस, लस एन्जलस च्याप्टरले आगामी आईतवार आयोजना गर्न लागेको बनभोज कार्यक्रम बिशेष कारणले अर्को मितिलाई सारीएको जनाएको छ। केही प्राविधिक कारणले गर्दा जुन ८, २०२५ का लागि तय गरिएको बृहत् बनभोज कार्यक्रम अब सन् २०२५ जुलाई २० तारिख आईतबारका लागि सारीएको नेजस लस एन्जलस च्याप्टरका अध्यक्ष मदन पाठकले जनाएका छन ।
कार्यक्रमबारे सुचना !
आदरणीय समुदाय सदस्यहरू,
सादर नमस्कार।
बृहत् बनभोज कार्यक्रमको मिति परिवर्तन सम्बन्धी सूचना
नेपाली जनसम्पर्क समिति, लस एन्जलस च्याप्टरद्वारा आयोजना हुन लागेको बृहत् बनभोज कार्यक्रम केही प्राविधिक कारणले गर्दा पहिले तय गरिएको जुन ८, २०२५ (आईतबार) को सट्टा अब जुलाई २०, २०२५ (आईतबार) मा सारिएको जानकारी गराउँदैछौं।
कार्यक्रमको मिति परिवर्तनले तपाईंहरूलाई पर्न सक्ने असुविधाप्रति हामी क्षमायाचना गर्दछौं।हामी तपाईंहरूको निरन्तर सहयोग, समझदारी र सहभागिताको अपेक्षा गर्दछौं।
मदन पाठक
सभापति
नेजस, लस एन्जलस च्याप्टर
राजेश निरौला
संयोजक
बनभोज आयोजक समिति